Archive for the ‘कृषि’ Category

४९ बर्षिय महिला कक्षा १ मा भर्न भईन् ।।

साउन २८ बुधबार देशभरी पढाइको अवस्था खस्किरहेको बेला रामेछापको सैपु गाविस बडा नं। ४ की ४९ बर्षिय राधिका पौडेलले पढ्ने मनसय बनाएर गाउँमै रहेको श्री अरुणोदय माध्यामिक विद्यालयमा कक्षा एकमा भर्न भएकी छिन् । उनका श्रीमान उद्धबप्रसाद पौडेलका अनुसार “साधारण लेखपढ नहुदाँ सामन्य किसिमका घरयासी हिसाबकिताब र चलन चल्तीमा रहेको मोबाइल चलाउन समेत नजानेकाले शिक्षा […]

सन्धुलीको महाभारत क्षेत्रमा धान रोपार्इं सुरु ।।

सिन्धुलीको महाभारत क्षेत्रमा धान रोपाँई सुरु भएको छ । असार लागेसंगै त्यस क्षेत्रका किसानहरुलाई रोपार्इंको चटारो परेको छ । महाभारत क्षेत्रमा जेठको अन्तिम हप्तादेखि असारको दोस्रो तेस्रो हप्तासम्ममा अधिकांश क्षेत्रहरुमा रापाई सकिने गर्छ । बेंसीमा भने असारको दोस्रो तेस्रो हप्तादेखि रोपाईं सुरु हुने गर्दछ । यसैबीच धानको ब्याड राखेको २०-२१ दिन भएपछि धानको बेर्ना सार्न […]

१८ मेट्रिकटन मकैको विउ वितरण, आत्मनिर्भर बन्दै कृषक ।।

रामहरि श्रेष्ठ,हजुरको रेडियो रामेछाप, जिल्ला कृषि विकास कार्यालय रामेछापले १८ मेट्रिक टन मकैको विउ किसानलाई वितरण गरेको छ । जिल्लाका ७ ओटा कृषि सेवा केन्द्रमार्फत् मकैको विउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यलयका प्रमुख केशव देबकोटाले जानकारी दिनुभयो । किसानलाई कम लगानीबाट बढि प्रतिफल हासिल गराउने उद्देश्यले मकैको विउ वितरण गरिएको उहाले बताउनुभयो । प्रति […]

यसवर्ष गहुँको उत्पादन बढ्ने ।।

यसवर्ष गहुँको उत्पादन बढ्ने भएको छ । उम्रेदेखि दाना लाग्ने बेलासम्म पटकपटक पानी परेका कारण गहुँबालीलाई फाइदा पुगेको कृषि वैज्ञानिकहरुको भनाई छ । नेपाल कृषि अनुसन्धान परिषद नार्कका बरिष्ठ वैज्ञानिक डा. ध्रुबबहादुर थापाका अनुसार पर्याप्त सिंचाई पाएका कारण गहुँ खेती राम्रो भएको छ । अहिले कतिपय क्षेत्रमा गहुँ पाक्ने बेला भएको छ भने कतै बाला […]

रामेछापको जुनार उत्पादनमा यसबर्ष बृद्धि

रघुनाथ बजगाँई,  रामेछाप मंसिर–२८,उत्पादनको दृष्ट्रिकोणले नेपालकै अग्रणी मानिएको रामेछाप जिल्लामा यस वर्षको जुनार पोहोर भन्दा केही प्रतिशत मात्र उत्पादनमा बृद्धि हुने अनुमान जिल्ला कृषि बिकाश कार्यलय रामेछापले गरेको छ । यस बर्ष फल खाने किरा अर्थात औँसा रोगमा कमि आएको र बगैंचा ब्यावस्थापनमा पनि सुधार भएका कारण उत्पादनमा बृद्धि हुने अनुमाग गरिएको कृषि कार्यलय प्रमुख […]

रामेछापमा हाट, तरकारी फलफूल र खसीबोकाका लागी प्रख्यात

रघुनाथ बजगाँई, रामेछाप मंसिर–२८, बषौं देखि रोछापमा साप्ताहिक हाटबजार लाग्दै आएको छ । रामेछापमा जिल्लामा साताभरी नै बिभिन्न ठाउँमा हाटबजार लाग्ने गरेको छ । जसमध्य पुरानो सदरमुकाम  रामेछाप बजारमा लाग्ने हाट भने तरकारी फलफूल र खसीबोकाका लागी प्रख्यात छ । कृषि संग संवन्धित फलफुल,तरकारी, अन्न , कपडा , अन्य किराना समानहरु सबै पाइन्छन । स्थानिय […]

रामेछापमा धान उत्पादनमा बृद्धि ,जिल्लाभरमा ३२ हजार ४ सय मेट्रिक टन उत्पादन ।।

रघुनाथ बजगाँई, रामेछाप मंसिर– २६, रामेछाप जिल्लामा यसवर्ष  धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष २० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालय रामेछापले जनाएको छ । यसबर्ष धान खेतीका लागि अनुकुल मौसम भएका कारण अघिल्लो बर्षको तुलनामा धान उत्पादन बढेको वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बताउनुभयो  । अघिल्लो वर्ष […]

रामेछाप र आसपासका ४ जिल्लामा वर्षैभरि सयपत्री फुलाउन परीक्षण शुरु

रघुनाथ बजगाँई मंसिर –१९, रामेछाप र आसपासका जिल्लामा सयपत्री फूलको उत्पादन बढाई आयात घटाउन १२ महिना नै फूल उत्पादनका लागि परिक्षण शुरु भएको छ । नेपालमा अहिले २ महिना मात्र सयपत्रीको उत्पादन हुने गरेको छ । अब १२ महिनानै फुल उत्पादनका लागि वागवानी अनुसन्धान महाशाखासंगको सहकार्यमा प्लोरिकल्चार एसोसियसन अफ नेपालले प्रयास थालेको हो । हरेक […]

रामेछापका किसानहरु धान काटेर खाली जग्गामा आलु लगाउँदैं

रघुनाथ बजगाँई मंसिर–१६, रामेछापका किसानहरु यतिबेला धान काटेर खाली रहेको जग्गामा आलु लगाउँन थालेका छन । छिटो उत्पादन दिने र रोग सहन सक्ने जात छनोट गर्न कृषि कार्यलय रामेछापले किसानहरुलाई सुझाव दिएको छ  । अहिले रामेछाप र आसपासका जिल्लाहरुका धेरै ठाउँमा आलु लगाउने काम भैरहेको कृषि कार्यलय रामेछापका प्रमुख केशव देवकोटाले जानकारी दिनुभयो । रामेछापमा […]

रामेछापमा रामेछाप जिल्लामा २० प्रतिशतले धान उत्पादन बढ्यो ।।

रघुनाथ बजगाँई मंसिर–13 , रामेछाप जिल्लामा यसवर्ष  धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनमा यसवर्ष २० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको कृषि कार्यालय रामेछापले जनाएको छ । यसबर्ष धान खेतीका लागि अनुकुल मौसम भएका कारण अघिल्लो बर्षको तुलनामा धान उत्पादन बढेको वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बताउनुभयो  । यसवर्ष ३२ हजार ४ […]