Archive for the ‘शिक्षा’ Category

नजिकको बिद्यालय सँग समायोजन गर्ने तयारी ।।

चैत्र २२,रामेछाप रामेछाप जिल्लामा १६ वटा बिद्यालय नजिकको बिद्यालय सँग समायोजन गर्ने तयारी गरिएको छ । शिक्षा बिभागको निर्देशन अनुसार कम बिद्यार्थी र अर्को बिद्यालय सँग कम दुरीमा रहेको प्राबी र निमाबी को पहिचान गरी समायोजन गर्ने तयारी गरिएको रामेछापका जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारीले बताउनु भयो । मन्थली, खिम्ती, बेताली, रामेछाप, दोरम्बा, चिसापानी, मझुवा, […]

रामेछापमा विद्यार्थी संख्या कम भएका १६ सामुदायीक विद्यालय बन्द हुने ।।

चैत ९ ,रामेछाप १० जना भन्दा कम बालवालिकाहरु अध्ययनरत रहेका जिल्लाका १५ वटा प्राथामिक तहका सामुदायिक विद्यालयहरु र १ वटा निम्न माध्यमिक तहको सामुदायिक विद्यालय वन्द गर्न जिल्ला शिक्षा कार्यालयले प्रक्रिया अगाडि बढाएको जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीले जानकारी दिनुभयो । बैशाख महिना देखी शुरु हुने नयाँ शैक्षिक सत्रबाट वन्द हुने विद्यालयहरुमा रणज्योति प्रावि मन्थली, […]

रामेछापको कुसेश्वर उमाबि परिक्षा केन्द्र बेथानमा अमर्यादित ढङबाट परिक्षा सञ्चालन ।।

चैत्र ५,रामेछाप रामेछाप जिल्लाको परिक्षा केन्द्रहरुमा आज एस एल सि परिक्षा शान्तीपुर्ण रुपमा सुचारु भएपनि बेथान गाबिसको कुसेश्वर उमाबि परिक्षा केन्द्रमा भने अमर्यादित ढङबाट परिक्षा सुचारु भएको पाईएको छ । परिक्षार्थीहरुलाई मानसिक तनाब दिई डर र त्रास देखाएर परिक्षा सञ्चालन गरिएको पाइएको हो । त्यस्तै आफ्ना चिनजानको परिक्षार्थीहरु लाई चिट चोराउने तथा अन्य बिद्यार्थीहरुलाई भने […]

अभिमखिकरण तालीम सञ्चालन ।।

असोज ४ श्रीजनशिल युवा समाज चिसापानी र सिबिस नेपाल मन्थलीको आयोजनामा राामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा १ अभिमखिकरण तालीम सम्पन्न भएको छ । रामेछाप गाबिसमा बालमैत्री गाबिस तयारी सुचक गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा बिभिन्न राजनैतिक दलका पटि प्रतिनिधि , गाबिस सचिब ,बिभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रतिनिधि लगाएत बिभिन्न […]

प्रथम राष्ट्रिय परिवार नियोजन दिवस भब्यताका साथ मनादै ।।

असोज ०१ प्रथम राष्ट्रिय परिवार नियोजन दिवस भोली रामेछापमा पनि भब्यताका साथ मनाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रामेछापको आयोजनामा मनाउन लागीएको परिवार नियोजन दिवसमा बिभिन्न र्याली तथा बिभिन्न कार्यक्रम गरी मनाउन लागीएको जिल्ला स्वास्थ्य कार्यलय प्रमुख डा सुवास पाठकले बताउनु भयो । बिहान ११ बजे रामेछापको पुरानो सदरमुकाम रामेछापको जिल्ला स्वास्थ्य कार्यलयबाटे र्याली […]

सामीको स्कुल तथा आमसंञ्चार कार्यक्रम अन्र्तगत आज रस्नालु अभिमुखिकरण सम्पन्न ।

भाद्र ३० सुरक्षित आप्रवासन परियोजना(सामी) र सामुदायिक जनशक्ति विकास कार्यक्रम ओख्रेनी–६, गोल्माटारको साझेदारीतामा संञ्चालित स्कुल तथा आमसंञ्चार कार्यक्रम अन्र्तगत आज रामेछाप जिल्लाको रस्नालु गा.वि.समा रहेको गोकुलगंगा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत ८, ९, १०, ११ र १२ कक्षाका विद्यार्थीहरुको सहभागितामा एकदिने सुरक्षित बैदेशिक रोजगार सम्वन्धि  अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

आज बालदिवस, विभिन्न कार्यक्रम गरी मनाईयो ।।

भाद्र २९ बालबालिकको कुरा सुनौ ,बाल दुर्ब्यवहार अन्त्य गरौ  भन्ने नाराको साथ जिल्ला बाल कल्याण समिती रामेछापको आयोजनामा राष्ट्रिय बाल दिवस मनाइयो ।कार्यक्रम देबकोटाचोक बाट र्यालीको आयोजना गरीएको थियो । र्यालीमा विद्यालयका शिक्षक, विद्यार्थी ,जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधि,पत्रकार ,नागरीक समाज लगाएतको सहभागिता रहेको थियो । र्याली देवकोटा चोक वाट सुरु […]

भारती उमावि मेगर्पा भदौरे रामेछापको अभिभावक भेला सम्पन्न

भाद्र २८ भारती उमावि मेगर्पा भदौरे रामेछापको अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पे्रमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि लगायतको विषयमा ७२ बँुदे कार्ययोजना तयार पारिएको थियो । यसैगरी पञ्चवर्षिय विद्यालय सुधार, योजना निर्माण, सामाजिक परिक्षण […]

निजामति सेवा दिवश सम्पन्न ।।

भाद्र २२ निजामति सेवाको मान्यता अनुसासन ईमान्दारी र नैतिकता भन्ने मुल नाराका साथ रामेछाप सदरमुकाम मन्थलीमा निजामति सेवा दिवश मनाईएको छ । जिनामती सेवा दिवश २०७१ जिल्ला मुल समारोह समिती रामेछापको आजोजनामा कार्यक्रम सम्पन्न भएको हो  । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद मरासिनी को प्रमुख आतिथ्यता तथा जिल्ला शिक्षा कार्यलयका प्रमुख युवराज पैडेलको अध्यक्षता […]

४९ बर्षिय महिला कक्षा १ मा भर्न भईन् ।।

साउन २८ बुधबार देशभरी पढाइको अवस्था खस्किरहेको बेला रामेछापको सैपु गाविस बडा नं। ४ की ४९ बर्षिय राधिका पौडेलले पढ्ने मनसय बनाएर गाउँमै रहेको श्री अरुणोदय माध्यामिक विद्यालयमा कक्षा एकमा भर्न भएकी छिन् । उनका श्रीमान उद्धबप्रसाद पौडेलका अनुसार “साधारण लेखपढ नहुदाँ सामन्य किसिमका घरयासी हिसाबकिताब र चलन चल्तीमा रहेको मोबाइल चलाउन समेत नजानेकाले शिक्षा […]