Archive for the ‘विषेश रिपोर्ट’ Category

तातोपानीमा नमूना गाईपालन । ।

हजुरको रेडियो रामेछाप आर्थिक लगानी र रोजगारीको अभावमा सिन्धुपाल्चोकका युवापुस्ता धमाधम वैदेशिक रोजगारीमा गईरहेको बेला नेपाल–चीन सीमा क्षत्र अर्थात व्यापारिक नाका तातोपानीमा करोडौँ रुपैयाँ खर्चेर युवाहरुले सामुहिक गाईपालन शुरु गरेका छन् ।आयात–निर्यात संलग्न ब्यापारी युवा र आमा समूहका सदस्यले सहकारी मार्फत् करोडौं लगानी गरेका हुन् । उनीहरुले लार्चा फुमाचे कृषि सहकारी संस्था अन्तर्गत २५ जनाको […]

क्षयरोग दिबस सम्बन्धि रिपोर्ट ।।

क्षयरोग रिपोर्ट

गरिवि घर परिवार पहिचान र परिचयपत्र वितरण संम्वन्धी रामेछाप मन्थलीमा तालीम सुरु

बैशाख ३१ – रामेछाप , गरिवि घर परिवार पहिचान र परिचयपत्र तथा व्यबस्थपन तथा वितरण संम्वन्धी गणक तथा सुपरभाईजरहरुका लागी ४ दिने तालीम आजबाट रामेछाप मन्थलीमा सुरु भएको छ । तथ्याङ् संकलन गर्नको लागी गणक तथा सुपरभाइजरहरुको लागी सहजता प्रदान गर्ने उदेश्यले तालीमको आयोजना गरिएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत गोविन्द कटेलले जानकारी दिनुभयो ।

रामेछाप भालुखोपका स्थानियहरु तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल

बैशाख–२३ रामेछाप , रामेछापको ओख्रेनी ८ स्थित भालुखोप गाउं अन्र्तगत पर्ने लामाटार र खोपटार गाईटार , कटुञ्जे पाखाटोल र डाडांटोलका स्थानिय कृषकहरु बिगत १६बर्षदेखी तरकारी खेतीबाट राम्रा् आम्दानी लिन सफल भएका छन । २०४६ सालमा  कृषि बिकास कार्यलय रामेछावले कृषकहरुलार्इ तरकारी खेती संबन्धी तालीम दिनुका साथै तरकारी को बिउ बितरण पनि गरेको थियो । तालीम […]

भुवनले मागे झलनाथसँग चुनावको टिकट

चैत्र १६, नेपाली सिनेमाका सदाबाहार नायक भुवन केसीले नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई भेटी घुमाउरो पारामा चुनावमा उठ्ने मनशाय व्यक्त गरेका छन् । बिहिबार बिहान खनाल निवास डल्लु पुगेर भुवनले चुनावमा एमाले पार्टीलाई सहयोग गर्न आफू तयार रहेको बताएका हुन् ।भुवनले झलनाथलाई फुर्काउदै भने,

कांग्रेस–एमाले शान्ति र संविधानका बाधकः प्रचण्ड

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रकृयामा नेपाली कांग्रेस एमालेले अवरोध गरेको आरोप लगाउनु भएको छ । ज्ञान प्रकाश उच्च माविको स्वर्ण जयन्ती उद्घाटन गर्न ओखलढुंगाको घोराखोरीमा सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रकृयाका काममा बखेडा झिकेर अवरोध गरेकाले गति दिन नसकिएको बताउनु भएको छ । नेकपा एमाले र कांग्रेसले माओवादीलाई असफल बनाउन विभिन्न कोणबाट […]

९ महिन देखि अन्धकारमा

विद्युतको बिग्रिएको ट्रान्सफर्मर मर्मत नहुँदा सर्लाही भक्तीपुर ६ का स्थानीयवासी ९ महिना देखि अन्धकारमा बस्न बाध्य भएका छन् । बढि लोडका कारण गएको चैत महिनामा ट्रान्सफर्मर त्रिग्रिएर समस्यामा पर्दा पनि कसैले मर्मत नगरेको स्थानीयबासीको गुनासो छ । ट्रान्सफर्मर बनाएर तुरुन्त विद्युत आपूर्ति सुचारु गर्न स्थानीयवासीले नेपाल विद्युत प्राधिकरण प्रशाखा लालबन्दीमा पटकपटक दवाव दिए पनि प्रशाखा […]