Archive for the ‘समाचार’ Category

ओखलढुंगामा मापदण्ड विपरित सल्लाको खोटो संकलन ।।

चैत२३,ओखलढुंगा ओखलढुंगाको विभिन्न सामुदायिक वनहरुबाट मापदण्ड विपरित सल्लाको खोटो संकलनले केहि सल्लाका बोटहरु मर्न थालेका छन् । वनबाट खोटो संकलन गर्न अनुमति पाएका खोटो संकलक व्यवसायिहरुले सल्लाका बोटहरुबाट तोकिएको परिणामभन्दा बढि खोटो निकाल्दा केहि सामुदायिक वनमा सल्लाका रुखहरु सुक्न र मर्न थालेका हुन् । सल्लाको खोटोबाट अलकत्रा, गम र औषधिसमेत बन्ने भएकोले खोटो रिफाईन गर्ने […]

अनेमसंघ जिल्ला युवा समिति रामेछापमा गठन ।।

चैत २३,रामेछाप अखिल नेपाल महिला संघ रामेछापको आयोजनामा अखिल नेपाल महिला संघ जिल्ला युवा समिति गठन गरिएको छ । संघका जिल्ला अध्यक्ष शान्ता पौडेलको अध्यक्षता तथा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य माया कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा एमाले जिल्ला कमिटि सचिव आनन्द श्रेष्ठ, युवा संघ रामेछापका सचिव राजकुमार खड्का लगायतले बोल्नु […]

घाँटी रेटेर वृद्धको हत्या ।।

चैत २३,रौतहट रौतहट गौरमा एक वृद्धको हत्या भएको छ । गौर–५ पोखरीया टोलका ६० वर्षका जाहिर अन्सारीको घाँटी रेटेर हत्या गरी फालिएको अवस्थमा सोमबार बिहान शव फेला परेको हो । अन्सारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।आइतबार राति घरमा बास बस्न आएका गौर–१० सबगढाका परवेज अन्सारीले जाहिरको हत्या गरेर घरमा […]

नजिकको बिद्यालय सँग समायोजन गर्ने तयारी ।।

चैत्र २२,रामेछाप रामेछाप जिल्लामा १६ वटा बिद्यालय नजिकको बिद्यालय सँग समायोजन गर्ने तयारी गरिएको छ । शिक्षा बिभागको निर्देशन अनुसार कम बिद्यार्थी र अर्को बिद्यालय सँग कम दुरीमा रहेको प्राबी र निमाबी को पहिचान गरी समायोजन गर्ने तयारी गरिएको रामेछापका जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारीले बताउनु भयो । मन्थली, खिम्ती, बेताली, रामेछाप, दोरम्बा, चिसापानी, मझुवा, […]

तीन सय ३० लिटर घरेलु रक्सी नष्ट ।।

चैत्र २२,रामेछाप रामेछापको सदरमुकाम मन्थलीका विभिन्न स्थानबाट प्रहरीले ३ सय ३० लिटर घरेलु रक्सी नियन्त्रणमा लिएर नष्ट गरेको छ ।जिल्ला सदरमुकाम मन्थलीका होटलमा विक्रीका लागि लुकाएर ल्याउँदै गरेको अबस्थामा मन्थली नगरपालिकाको कुडहर, भैश्वेस्वर, मन्थलीघाट, मन्थलीवजार र आकाशे एरियावाट प्रहरीले रक्सी नियन्त्रणमा लिएको जनाएको छ ।नियन्त्रणमा लिएको घरेलु रक्सी प्रहरीले संचारकर्मी, घरेलु तथा साना उद्योग विकास […]

जुनार बिक्रीबाट यस बर्ष रामेछापमा १० करोड आम्दानी ।।

चैत्र १८, रामेछाप रामेछापमा यस बर्ष जुनार बिक्रीबाट १० करोड आम्दानी भएको जिल्ला कृषि विकाश कार्यालयले जनाएको छ । जिल्लाको ओख्रेनी, सुकाजोर, रामपुर, रामेछाप, सालु, फुलासी,डढुवा, सुनारपानी गाविसबाट १० करोड बराबरको जुनार बिक्री भएको प्रबिधिक सहायक हिमाल भुसालले जानकारी दिए । ११ हेक्टरमा लगाईएको जुनार खेतीबाट १३ हजार ३ सय ३२ मेट्रिकटन उत्पादन भएको उहाँको […]

अलैची बिक्रिबाट ५ करोड आम्दानी ।।

चैत्र १७, रामेछाप रामेछापमा यस बर्ष अलैची बिक्रीबाट ५ करोड बराबरको अम्दानी भएको जिल्ला कृषि विकाश कार्यालयले जनाएको छ । जिल्लाको ६२ हेक्टर क्षेत्रफलमा अलैची खेति बस्तार गरिएकोेमा ४८ हेक्टर क्षेत्रफलबाट २२ मेट्रिकटन अलैचि उत्पादन भएको जिल्ला कृषि विकाश कार्यलयका प्रविधिक सहायक हिमाल भुसालले जानकारी दिनु भयो । खेति बिस्तार गरेको ३ बर्षमा मात्र फल […]

बिदेशि नागरिकले बिद्यालय भबन बनाईदिने ।।

चैत्र १७, रामेछाप भौतिक रुपले जिर्ण र कमजोर अवस्थामा रहेको जिल्लाको फर्पु गाबिसको श्री माबि फर्पुमा बिदेशि नागरिकले एक कोठे पक्की भबन बनाईदिने भएका छन् । नमस्ते चिल्डे«न नेपालको समन्वयमा सात जना बेल्जियमका नागरिकले सामुहिकरुपमा भबन निर्माण गरिदिने बताएका हुन् । झन्डै ३ सय ५० जना बिद्यार्थी अध्यनरत बिद्यालयमा अहिले सम्म कुनै पनि पक्की भबन […]

पत्रकार महासंघको ६० औँ स्थापना दिवस रामेछापमा विविध कार्यक्रम गरी मनाईयो ।।

पत्रकार महासंघको ६० औ स्थापना दिवसको अवसरमा रामेछापको सदरमुकाम मन्थली बजारमा प्रभात फेरी र अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाइको । नेपा पत्रकार महासंघ रामेछापको आयोजनामा भएको प्रभात फेरी महासंघको कार्यालय विपि चोकबाट निस्किएको ¥यालीले मन्थली बजार परिक्रमा गरेपछि अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ […]

तामाकोशीको सेयर चरिकोटमा मात्र रु। २८ करोड संकलन ।।

चैत्र १६,दोलखा माथिल्लो तामाकोशी प्रवद्र्धक रहेको कम्पनीको सेयरमा जिल्लाबाट सञ्चय गरिरहेका सञ्चयकर्ताहरुबाट करिब रु। २८ करोडको सेयर संकलन भएको छ । निश्कासक नागरिक लगानी कोषले आवेदकनका लागि तोकेको राष्ट्रिय बाणिज्य बैंक चरिकोट शाखामा आइतबार अन्तिम दिनसम्म ती सञ्चयकर्ताहरुबाट रु। २८ करोड बराबरको सेयर संकलन भएको हो । हालसम्मको सबैभन्दा ठूलो साधारण सेयर निष्काशन भएको सेयरमा […]