Archive for the ‘स्थानीय समाचार’ Category

अनेमसंघ जिल्ला युवा समिति रामेछापमा गठन ।।

चैत २३,रामेछाप अखिल नेपाल महिला संघ रामेछापको आयोजनामा अखिल नेपाल महिला संघ जिल्ला युवा समिति गठन गरिएको छ । संघका जिल्ला अध्यक्ष शान्ता पौडेलको अध्यक्षता तथा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य माया कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा एमाले जिल्ला कमिटि सचिव आनन्द श्रेष्ठ, युवा संघ रामेछापका सचिव राजकुमार खड्का लगायतले बोल्नु […]

तीन सय ३० लिटर घरेलु रक्सी नष्ट ।।

चैत्र २२,रामेछाप रामेछापको सदरमुकाम मन्थलीका विभिन्न स्थानबाट प्रहरीले ३ सय ३० लिटर घरेलु रक्सी नियन्त्रणमा लिएर नष्ट गरेको छ ।जिल्ला सदरमुकाम मन्थलीका होटलमा विक्रीका लागि लुकाएर ल्याउँदै गरेको अबस्थामा मन्थली नगरपालिकाको कुडहर, भैश्वेस्वर, मन्थलीघाट, मन्थलीवजार र आकाशे एरियावाट प्रहरीले रक्सी नियन्त्रणमा लिएको जनाएको छ ।नियन्त्रणमा लिएको घरेलु रक्सी प्रहरीले संचारकर्मी, घरेलु तथा साना उद्योग विकास […]

जुनार बिक्रीबाट यस बर्ष रामेछापमा १० करोड आम्दानी ।।

चैत्र १८, रामेछाप रामेछापमा यस बर्ष जुनार बिक्रीबाट १० करोड आम्दानी भएको जिल्ला कृषि विकाश कार्यालयले जनाएको छ । जिल्लाको ओख्रेनी, सुकाजोर, रामपुर, रामेछाप, सालु, फुलासी,डढुवा, सुनारपानी गाविसबाट १० करोड बराबरको जुनार बिक्री भएको प्रबिधिक सहायक हिमाल भुसालले जानकारी दिए । ११ हेक्टरमा लगाईएको जुनार खेतीबाट १३ हजार ३ सय ३२ मेट्रिकटन उत्पादन भएको उहाँको […]

अलैची बिक्रिबाट ५ करोड आम्दानी ।।

चैत्र १७, रामेछाप रामेछापमा यस बर्ष अलैची बिक्रीबाट ५ करोड बराबरको अम्दानी भएको जिल्ला कृषि विकाश कार्यालयले जनाएको छ । जिल्लाको ६२ हेक्टर क्षेत्रफलमा अलैची खेति बस्तार गरिएकोेमा ४८ हेक्टर क्षेत्रफलबाट २२ मेट्रिकटन अलैचि उत्पादन भएको जिल्ला कृषि विकाश कार्यलयका प्रविधिक सहायक हिमाल भुसालले जानकारी दिनु भयो । खेति बिस्तार गरेको ३ बर्षमा मात्र फल […]

बिदेशि नागरिकले बिद्यालय भबन बनाईदिने ।।

चैत्र १७, रामेछाप भौतिक रुपले जिर्ण र कमजोर अवस्थामा रहेको जिल्लाको फर्पु गाबिसको श्री माबि फर्पुमा बिदेशि नागरिकले एक कोठे पक्की भबन बनाईदिने भएका छन् । नमस्ते चिल्डे«न नेपालको समन्वयमा सात जना बेल्जियमका नागरिकले सामुहिकरुपमा भबन निर्माण गरिदिने बताएका हुन् । झन्डै ३ सय ५० जना बिद्यार्थी अध्यनरत बिद्यालयमा अहिले सम्म कुनै पनि पक्की भबन […]

पत्रकार महासंघको ६० औँ स्थापना दिवस रामेछापमा विविध कार्यक्रम गरी मनाईयो ।।

पत्रकार महासंघको ६० औ स्थापना दिवसको अवसरमा रामेछापको सदरमुकाम मन्थली बजारमा प्रभात फेरी र अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाइको । नेपा पत्रकार महासंघ रामेछापको आयोजनामा भएको प्रभात फेरी महासंघको कार्यालय विपि चोकबाट निस्किएको ¥यालीले मन्थली बजार परिक्रमा गरेपछि अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ […]

एमाओवादी मोर्चद्वारा लाठी जुलुस प्रदर्शन ।।

चैत्र १५,रामेछाप एकिकृत नेकपा माओवादी मोर्चाले आज रामेछाप सदमुकाम मन्थलीमा लाठी जुलुस प्रदर्शन गरेको छ । एमाओवादी केन्द्रिया सदस्य एवं रामेछाप जिल्ला ईञ्चार्ज धावा लामाको नेतृत्वमा पार्टी कार्यलयबाट निस्किएको लाठी जुलुसले मन्थली बजार परिक्रमा गरेको थियो । मोर्चाका कार्यकर्ताले हातमा लाठि र बाँसका भाटा लिएर बजार परिक्रमा गरेका हो । बजार परिक्रमा गरी कटहरबोटमा पुगी […]

३२ ओटा बिद्युत चुहावटका घटना नियन्त्रण ।।

चैत्र १३,रामेछाप नेपाल बिद्युत प्रधिकरण बितरण साखा रामेछापले यस आर्थिक बर्षको माघ सम्ममा ३२ ओटा बिद्युत चुहावटका घटना नियन्त्रण गरेको छ । ३ हजार ३ सया १९ युनिट बिद्युत चुहावट बाट १ लाख १८ हजार १४ रुपौया राजस्व रकम असुली गरेको बितरण साखा रामेछापले जनाएको छ । बिद्युत चुहावटमा एमसीबि बाईपास गर्ने ,रिडीसेल चुडाउने ,डाईरेक्ट […]

दैविक प्रकोप हुन सक्ने भन्दै रामेछापमा उच्च सतर्कता ।।

चैत ११,रामेछाप बढ्दो खडेरीसँगै आगलागि हुने सम्भावनालाई मध्ये नजर गर्दै जिल्ला दैवी प्रकोप उद्धार समिति रामेछापले उच्च सर्तकता अपनाएको छ । समितिले मन्थली वैठक राखि ठोस योजना सहित अघि बढ्ने बताएको छ । समितिले आफु मातहतका इलाका वन कार्यालय एवं वन रक्षकहरुलाई अग्नी नियन्त्रण सामाग्रीहरु सहित तयारी हालतमा रहन जिल्ला वन कार्यालयलाई निर्देशन दिएको छ […]

खानेपानी सुधार बिस्तार गर्न ८ करोडमा खानेपानी इनार ।।

चैत्र ११,रामेछाप रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा खानेपानी सुधार बिस्तार योजना अन्तगत तामाकोशीको किनारमा ईनारको शिलान्यास गरिएको छ । झन्डै ८ कारोड लगानिमा निर्माण गर्न लागिएको आयोजनाको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासीनी र स्थानिय बिकाश अधिकारी टेक राज निरौलाले शिल्यानास गनु भएको हो । ३ बर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम अगाडि बढाएको छ […]