Archive for the ‘स्थानीय समाचार’ Category

रामेछापमा घरेलु हिंसाका अधिकांस मुद्धाहरु मेलमिलापमा ।।

चैत्र ११,रामेछाप जिल्ला प्रहरी कार्यालय रामेछापमा आएका घरेलु हिंसाका अधिकांस मुद्धाहरु मेलमिलापमा टुंग्याईएको पाईएको छ । कार्यालयमा आर्थिक वर्षको यो अवधिसम्ममा ९ वटा घरेलु हिंसाका उजुरीहरु परेकोमा ८ ओटा मुद्धालाई मेलमिलापमा टुंग्याईएको छ । त्यसमध्ये १ ओटा मुद्धालाई भने जिल्ला प्रसासन कार्यलयमा पठाईको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । महिला हिसाँका मुद्धामा भने सुन्यता […]

सचिव गाउँ नगएपछि सेवाग्राही समस्यामा, सदरमुकाम पुग्दा खर्च बढ्यो ।।

फागुन १०,रामेछाप ग्रामीण भेगमा गाविस सचिव गाउँ नगएपछि रामेछाप जिल्लाका सेवाग्राही आक्रोसित बन्न थालेका छन् । सदरमुकाम केन्द्रित सचिवहरुलाई पटक–पटक गाउँ जान निर्देशन दिइएपनि नगएपछि सेवाग्राही मर्कामा परेका हुन् ।सचिव गाउँ नगएपछि नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, मालपोत रसिद लगायतका सिफारिस लिने काममा बाधा पुग्नुका साथै ढिला हुने गरेको सेवाग्राहीको भनाइ छ । […]

रामेछापको मझुवमा मदिरा सेवन गर्दा प्रहरी आफै कारवाहीमा ।।

फागुन १०,रामेछाप रामेछापको मझुवमा मदिरा सेवन गर्ने एक प्रहरी जवानलाई खाडादेवी स्वास्थ्य आमा समुहले कारवाहीको माग गरेका छन ।इलाका प्रहरी कार्यालय चोप्राङका प्रहरी जवान फुर्वा तामाङले हिजो साझां मदिरा सेवान गरी महिला माथि अपशब्द प्रयोग गरेको भन्दै आमा समुहले कारवाहीको माग गरेका हुन निज प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय चोप्राङले कारवाही गर्ने बताएको छ ।यस्तै […]

रामेछापमा विद्यार्थी संख्या कम भएका १६ सामुदायीक विद्यालय बन्द हुने ।।

चैत ९ ,रामेछाप १० जना भन्दा कम बालवालिकाहरु अध्ययनरत रहेका जिल्लाका १५ वटा प्राथामिक तहका सामुदायिक विद्यालयहरु र १ वटा निम्न माध्यमिक तहको सामुदायिक विद्यालय वन्द गर्न जिल्ला शिक्षा कार्यालयले प्रक्रिया अगाडि बढाएको जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीले जानकारी दिनुभयो । बैशाख महिना देखी शुरु हुने नयाँ शैक्षिक सत्रबाट वन्द हुने विद्यालयहरुमा रणज्योति प्रावि मन्थली, […]

रामेछापको नागदहमा आमनेसामने बैठक सम्पन्न ।।

चैत ८ , रामेछाप रामेछाप जिल्लाको नागदह गाविसमा आमनेसामने बैठक आइतबार सम्पन्न भएको छ । गाविस सचिव विरेन्द्रकुमा झाको अध्यक्षतामा भएको कार्यक्रममा गाविसले वितरण गरेको जेष्ठ नागरिक भक्ता पाउने नागरिकहरुको सन्तुष्टि कस्तो छ भनि छलफल गरिएको थियो । बैठकमा गाविसमा सामाजि सुरक्षा भत्ता पाउने नागरिकहरुको सहभागिता रहेको थियो । स्थानीय सरकारको जवाफदेहीता अभिवृद्धि परियोजनाको सहयोग […]

चैत ८,रामेछाप रामेछापको भुजीमा गोर्खा वेल्फेयर स्किम बाट खानेपानी परियोजनाका काम भइरहेको छ । देबिथानको मुहान हुदै वडा नं. ४,६,र ७ का ९९ घर धुरीको लागी परियोजना संचालन गर्न लागिएकोे गोर्खा वेल्फेयर स्किम ग्रामिण खानेपनी तथा सरसफाई कार्यक्रमका सामाजिक परिचालिका शारदा सुनुवारले बताउनु भयो । सन १९९३÷९४ मा जि डब्लु एस बाट नै निमार्ण भएको […]

तामाकोसी सहकारी अस्पताल मन्थलीलाई रोटरी क्लवद्वारा ४० लाख रुपैयाँ बराबरको उपकरण सहयोग ।।

चैत्र ७,रामेछाप रोटरी क्लव अफ वारेज जर्मनिर रोटरी क्लव अफ काभ्रेले रोटरी फाउण्डेशन को ग्लोवल ग्रेन्ट अन्र्तगतको सहयोगमा रामेछापको तामाकोशि सहकारी अस्पताललाई अस्पताल का उपकरण सहयोग गरेको छ ।शुक्रवार अस्पतालमा आयोजित एक कार्यक्रममा काभ्रे रोटरीका अध्यक्ष मिलन गुरुङ र रोटरी क्लव अफ वावरेज जर्मनिका डा।एल्मामायरले अस्पतालका उपकरण अस्पतालका अध्यक्ष गोविन्द घिमिरे र निर्देशक डा। सुमन […]

एमाले फर्पुको चौथो गाउँ अधिवेशन सम्पन्न ।।

चैत्र ७,रामेछाप नेकपा एमाले गाउँ कमिटि फर्पुको चौथो गाउँ अधिवेशन फर्पुमा सम्पन्न भएको छ । कार्यक्रम नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व सांसद देवशंकर पौडेलको प्रमुख आतिथ्यातामा भएको थियो । कार्यक्रममा एमाले वैकल्पिक केन्द्रीय सदस्य माधव ढुङ्गेल, जिल्ला कमिटि अध्यक्ष शान्तिप्रसाद पौडेल, उपाध्यक्ष प्रेम तामाङ लगायतले बोल्नु भएको थियो । अधिवेशनले पार्टीको विभिन्न भातृ संगठनहरु […]

रामेछापको भिरपानी गाविसको ५ नं वडा मदिरा निषेधित क्षेत्र घोषित ।।

चैत्र ६,रामेछाप रामेछाप जिल्लाको भिरपानी गाविसको ५ नं वडा मदिरा निषेधित क्षेत्र घोषित भएको छ । स्थानीय पशुपति महिला आमा आमा समुहको अगुवाईमा सो वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । महिला समुहकै अगुवाईमा भिरपानी ५ मा बनाएको अवैध मदिरा पनि नियन्त्रणमा लिई नष्ट गरिएको छ । समुहकी अध्यक्ष सिर्जना रायको नेतृत्वमा गएको गएको […]

पाँच दिने बाख्रा पालन तालिम गुम्देलमा सम्पन्न ।

चैत्र ६,रामेछाप ग्रामिण इलाकाका कम आय भएका नागरिकहरुको आर्थिक वृद्धिदरलाई लक्षित गर्दै महिला विकास कार्यालय मन्थली, रामेछापले आयोजना गरेको पाँच दिने बाख्रा पालन तालिम रामेछापको उत्तरी गाविस गुम्देलमा सम्पन्न भएको छ । शिव पार्वती महिला विकास गुम्देल–४ का २० जना सदस्यहरुको सहभागिता रहेको उक्त तालिममा पशु चिकित्सक पदम जिरेलले प्रशिक्षण दिइएका थिए । तालिममा महिला […]