Archive for the ‘नेपाल समाचार’ Category

संविधानसभाको बैठक आज, प्रश्नावली समितिको प्रतिवेदन पेश हुने ।।

माघ २९ प्रश्नावली समितिले बनाएको प्रश्नावलीसहितको प्रतिवेदन आज संविधानसभा प्रस्तुत गरिने भएको छ । विवादित विषयलाई मतदानमा लगेर टुंग्याउने उद्देश्यले माघ ११ गतेको संविधानसभाले प्रस्ताव गरेको प्रश्नावली प्रस्ताव समितिले प्रश्नावली तयार गरेको छ । विवादित विषयको टुंगो लगाउन प्रश्नावली बनाइए पनि प्रक्रियाप्रति नै असन्तुष्टी जनाउँदै एकीकृत नेकपा माओवादीसहितका दलहरु भने विरोध गर्दै आन्दोलनमा छन् । […]

प्रश्नावलीका लागि कार्यविधि तय गर्न उपसमिति गठन ।।

माघ १७ संविधानको विवादित बिषयमा प्रश्नावली बनाउन गठित समितिले कार्यविधि र मापदण्ड तयार गर्न रमेश लेखकको संयोजकत्वमा उपसिमिति गठन गरेको छ । आज बसेको प्रश्नावली समितिको पहिलो बैठकले भोलीसम्मको समय सिमा तोकेर ७ सदस्यीय उपसमिति बनाएको हो । उपसमितिमा किरण यादव, भानुभक्त ढकाल, श्रीमाया थकाली, दिपक बोहरा, दिलनाथ गिरि र अतहर कमाल मुसलमान सदस्य रहनुभएको […]

वाग्मती नदी तथा फलफूल मण्डी बजार आसपास क्षेत्रमा करिब ४० मेटन फोहर व्यवस्थापन गरियो ।

१० माघ मुख्य सचिव लीलामणि पौड्यालको नेतृत्वमा गत वर्ष जेठ ४ गतेदेखि जारी वाग्मती सफाइ महाअभियानको ८९ औँ शृङ्खलाअन्तर्गत आज निजामती सेवाका कर्मचारी एवं काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि तथा विद्यार्थीको उल्लेख्य सहभागिता थियो । सो अवसरमा मुख्य सचिव पौड्यालले अभियानले गर्दा नदीमा फोहर फाल्ने काम अहिले विगतमा […]

मृगौलाले काम गर्न छाडेकालाई बैङ्कले सम्मान ।।

माघ ९,राामेछाप दुबै मृगौला फेल भएर काम गर्न छाडेपछि काठमाण्डौमा उपचाररत रामेछाप बेथानका १का राधिका घिमिरेलाई राष्ट्रिय बाणिज्य बैङ्क साखा मन्थलीले १५ हजार ५ सय १५ रुपैया अर्थिक सहयोग गरेको छ । सस्थाको स्वर्ण जयन्तीको अवसरमा बैङ्कको खाता नः१६८००१२१८५१० मा रकम जम्मा गरिदिएको बैङले जनाएको छ ।

पेशर कुकर पड्किएर घाईते भएकाहरुको अवस्था सामान्य ।।

माघ ४,रामेछाप गत शुक्रबार रामेछाप होदिलमा पेशर कुकर पड्किएर घाईते भएका ३ जनाका अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्या कार्यलय रामेछापले जनाएको छ । गत शुत्रबार खाना पकाउने क्रममा खाने पेशर कुकर पडेकिएर निर्मला बिक ,हरीमाया बिक र निरुता बिक घाईते भएका थिए । उनिहरुलाई उपचारका लागी जिल्ला स्वास्थ कार्यलय रामेछापमा राखिएको थियो । उपचारका क्रममा […]

भूकम्प सुरक्षा दिवस मनाईंदै ।।

२ माघ, काठमाडौं  ‘नसोचेको बेला आउँछ है भईंचालो, पूर्व तयारीमा जुट्ने हामी सबैको पालो’ भन्ने नाराका साथ १७ औं भूकम्प सुरक्षा दिवस शुक्रबार काठमाडौं उपत्यकासहित देशभर मनाईंदै छ ।दिवसको अवसरमा अन्तरक्रिया, चेतनामूलक र्याली, गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिएका छन् । गृहमन्त्रालयको आयोजनामा काठमाडौंमा र्याली आयोजना गरिएको छ ।विक्रम संवत् १९९० साल माघ २ गते गएको […]

पूर्वराजा ज्ञानेन्द्र झापातर्फ  ।

रौतहट, पौष २३  केही दिनदेखि बाराको सिमरामा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार झापा भ्रमणमा गएका छन् ।बाराबाट झापा जानेक्रममा रौतहटको चन्द्रनिगाहपुरमा सर्वसाधारणले उनको स्वागत गरेका थिए ।त्यसक्रममा उनीहरुले राजतन्त्रको पक्षमा नारा लगाएका थिए भने पूर्वराजा शाहले केहीबेर हिँडेर सर्वसाधारणसँंग कुराकानी गरेका थिए ।

प्लस टु पढ्ने १ सय ५८ विद्यार्थीमा १ सय १४ को प्रमाणपत्र नक्कली ।

२३ पुस एसएलसीको नक्कली प्रमाणपत्र बनाएर प्लस टु पढिरहेका नक्कली विद्यार्थीको ठूलो समूह फेला परेको छ । एसएलसीमा सात विषयसम्म लागेको विद्यार्थीले अर्काको सिम्बोल नम्बर चोरेर नक्कली प्रमाणपत्र बनाई प्लस टु उच्च माध्यामिक विद्यालयमा भर्ना भएका विद्यार्थीको रजिष्ट्रेसन छानविन गर्ने क्रममा नक्कली विद्यार्थीको समूह फेला परेको हो ।उच्च माध्यामिक शिक्षा परिषदको हेटौंडा कार्यालयले छानबिनका लागि […]

बारा घटनाका पीडितलाई राहत दिन मानव अधिकार आयोगको सिफारिस ।

 पुस २२ राष्ट्रिय मानव अधिकार आयोगले बारा घटनाका पीडितलाई उचित राहत दिन सरकार समक्ष सिफारिस गरेको छ । आयोगले घटनाको दोषीलाई कारबाही गर्न पनि सिफारिस गरेको छ । गएको असोज २५ गते बाराको सिम्रौनगढमा विद्यार्थी र सर्वसाधरणले निकालेको जुलुसमा सशस्त्र प्रहरीले गोली चलाउँदा बारा हरिहरपुर–७ का ४२ वर्षका जयनारायण पटेलको ज्यान गएको थियो भने हरिहरपुर–५ […]

क्रिकेट संघ क्यानले क्रिकेट खेलाडी चार समूहमा बर्गीकरण, सोमपाल बी ग्रेडमा ।

२० पुस,काठमाडौं नेपाल क्रिकेट संघ क्यानले खेलाडीहरुलाई चार समूहमा बर्गीकरण गर्दै ३५ हजारसम्म मासिक पारिश्रमिक दिने भएको छ ।बर्गीकरणमा राष्ट्रिय टोलीका २२ खेलाडी छन् । क्यानले नेपाली टोली डिभिजन टुको तयारीका लागि दक्षिण अफ्रिका जानुअघि अनुवन्ध गर्दैछ ।जनवरी १ बाटै लागू हुने गरी खेलाडीसँग एक वर्षे सम्झौता गर्ने क्यानको तयारी छ ।त्यसका लागि प्रशिक्षक पुवुदु […]