Archive for the ‘विश्व समाचार’ Category

जोर्डनको कारबाही ।।

२४ माघ आई एसका अखाडालाई लक्षीत गरी सिरियामा जोर्डनले गरेको हवाई हमलामा अमेरिकी बन्दक मारिएको आईएसआईको दाबी निराधार भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।अमेरिकाले जोर्डनी पाईलट मोएज आल कसाबको निर्मम हत्याको बदलामा आईएस विरुद्ध युद्ध छेडेको जोर्डनले सिरियााका आईएस अखाडाहरुमा गत बुधबार गरेको हवाई हमलामा अमेरिकी बन्दक केलिया जिना मुुुलर मारिएको आइएसको दावी निराधार बताएको […]

रासायनिक हतियार बनाउने विशेषज्ञ मारिएको अमेरिकी सेनाको दावी ।।

माघ १७ विद्रोही समुह इस्लामिक स्टेट आईएसको लागि रासायनिक हतियार बनाउने एकजना विशेषज्ञ मारिएको अमेरिकाले दाबी गरेको छ । सिरिया र ईराकमा हिंसा मच्याइरहेको कटरपन्थी संगठन आइएसका लागि रासायनिक हतियार बनाउने अबु मालिक नाम गरेका विशेषज्ञको इराकमा भएको हवाइ आक्रमणमा ज्यान गएको अमेरिकाले दाबी गरेको हो । मालिकको मृत्युसँगै आइएसको रासायनिक हतियारको संभावित प्रयोग र विकासमा […]

ओबामा भारत भ्रमणमा ।।

माघ ११ अमेरिकी राष्ट्रपति बाराक ओबामा तीन दिने भारत भ्रमणको क्रममा भारत पुग्नु भएको छ । भारतको गणतन्त्र दिवसको कार्यक्रममा मुख्य अतिथिका रुपमा सहभागी हुन राष्ट्रपति ओबामा तीन दिने भ्रमणका क्रममा आइतबार नयाँदिल्ली पुग्नु भएको हो । राष्ट्रपति आबामाको यसअघि तय भएको आग्राको ताजमहलको भ्रमण भने रद्द भएको छ । साउदी अरबका राजाको निधनप्रति शोक व्यक्त […]

इटालियन पेस्तोलसहित एकजना पक्राउ ।।

माघ ७ रौतहटको चन्द्रपुरबाट प्रहरीले इटालियन अटोमेटिक पेस्तोल, म्याग्जिन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । रक्सी खाएर चन्दपुरको मंगलबाजारमा हिडिरहेका फतुहा हर्षाह–४ का २१ वर्षका अन्जय यादवलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो ।प्रहरीले यादवको साथबाट ७ दशमलव ६५ मिमिको गोली लाग्ने एउटा इटालियन एक नाले पेस्तोल, त्यसको म्याग्जिन २ वटा तथा नगद १५ […]

बाघको संख्या ३० प्रतिशत बढ्यो ।।

माघ ६ भारतमा बाघको संख्यामा ३० प्रतिशतले वृद्धि भएको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा चार वर्ष अघि भन्दा अहिले ३० प्रतिशतले बाघको संख्या बढेको छ । पछिल्लो पटक गरिएको बाघ गणना अनुसार अहिले भारत भरमा दुई हजार दुई सय २६ वटा बाघ रहेको बिबिसीले उल्लेख गरेको छ ।चार वर्ष अघि सन् २०११ मा बाघको […]

अमेरिका र क्यूबाबीच सम्बन्ध सुधार्न ५३ कैदी रिहा ।

 पौष २३  अमेरिका र क्यूबाबीच सम्बन्ध सुधारको पछिल्लो कडीका रुपमा क्यूबाले ५३ अमेरिकी कैदीलाई रिहा गरेको छ ।अमेरिकी विदेश मन्त्रालयले यससम्बन्धि जानकारी दिएको हो । गएको महिनामात्र अमेरिकी राष्ट्रपति बराक ओबामाले क्यूबासँग सम्बन्ध सुधार्न आफ्नो प्रशासनलाई आदेश दिएका थिए ।त्यही  क्रममा ओबामा र क्यूबाली राष्ट्रपति राउल क्याष्ट्रोबीच टेलिफोनमा लामो वार्तासमेत भएको थियो । अमेरिकी विदेश […]

टर्कीमा आत्मघाती बम बिस्फोट हुँदा एक प्रहरीको मृत्यु ।।

२२ पुस,सिन्धुपाल्चोक टर्कीको राजधानी ईस्तानबुलमा आत्मघाती बम हमला हुँदा एक प्रहरीको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पर्यटन केन्द्र सुल्तानाहमेटको प्रहरी बिटलाई लक्षित गर्दै एक महिलाले आत्मघाती बम हमला गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । इस्तानबुलका गर्भनरका अनुसार बम हमला गराउने महिलाले अग्रेजी बोलीरहेको भएपनि उनी कुन देशका नागरिक हुन् भन्ने अहिलेसम्म […]

अमेरिकामा मुद्दा चलाउन लागिएका अभियुक्तको मृत्यु ।

काठमाडौं, पौष २० सन् १९९८ मा केन्या र तान्जानियाका अमेरिकाको दुतावासहरुमा भएको आक्रमणमा संलग्न भएको अभियोगमा अमेरिकाको न्यूयोर्कमा मुद्दा चलाउन लागीएका एक जना अभियुक्तको मृत्यु भएको छ ।५० वर्षे कथित अल कायदा नेता अबु अनास अल लिबीको मृत्यु भएको हो । श्रीमती र वकिलका अनुसार लिभर क्यान्सरले पीडित लिबीको अस्पतालमै मृत्यु भएको हो ।अमेरिकी छापाका […]

सिंगापुरमा वेपत्ता भएको एयर एशियाको विमान खोज्न अमेरिकाले नौ सैनिक पोत पठाउने ।

पुस १५ सिंगापुरमा वेपत्ता भएको एयर एशियाको विमान खोज्न अमेरिकाले नौ सैनिक पोत पठाउने भएको छ । विमानको खोजीका लागि मंगलबार जावा समुन्द्रमा अमेरिकाले नौ सेनाको पोत पठाउन  लागेको हो  इन्डोनेशियाबाट सिंगापुरका लागि छुटेको विमान अस्ति आईतबारदेखि हराईरहेको छ । विमान समुन्द्रमा खसेको हुन सक्ने आशंका गरिएपनि यकिन हुन सकेको छैन । विमानमा चालक दलका […]

पानी जहाजमा आगलागी, ३ सय यात्रु उद्दारको पर्खाईमा

पुस १४ ग्रिसको कोर्फु ४ीप नजिकै आगलागीमा परेको पानी जहाजमा झण्डै ३ सय यात्रु उद्दारको पर्खाइमा रहेका छन् । नोरम्यान एटलान्टिक नामक इटालियन जहाजमा आइतबार आगलागी भएको थियो । प्रतिघण्टा सय किलोमिटरभन्दा बढीको दरमा हावा चलिरहेकाले उद्दारमा समस्या भएको बिबिसीले जनाएको छ । जहाजका झण्डै २ सय यात्रुलाई विमानबाट उद्धार गरिएपनि अझै ३ सयजना उद्धारको […]