Archive for the ‘होमपेज फोटो’ Category

भारती उमावि मेगर्पा भदौरे रामेछापको अभिभावक भेला सम्पन्न

भाद्र २८ भारती उमावि मेगर्पा भदौरे रामेछापको अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पे्रमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि लगायतको विषयमा ७२ बँुदे कार्ययोजना तयार पारिएको थियो । यसैगरी पञ्चवर्षिय विद्यालय सुधार, योजना निर्माण, सामाजिक परिक्षण […]

गाविस सचिव तथा राजनैतिक दलको अभिमुखीकरण सम्पन्न

भाद्र २७ स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना जिल्ला परियोजना सहयोग इकाई रामेछापले बुधवार मन्थलीमा गाविसका सचिवहरु तथा जिल्लामा क्रियाशिल राजनैतिक दलसँग परियोजनाको अभिमुखीकरण सम्पन्न गरेको छ ।  असल शासन क्लब जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष दीपक भट्टको अध्यक्षतामा सम्पन्न दुवै अभिमुखीकरण कार्यक्रमको क्रममा परियोजनाको लक्ष्य, उद्देश्य तथा जिल्ला एवं गाविसहरुमा परियोजनाले परियोजना अवधिभर संचालन गर्ने […]

भित्रिदो दशैसंगै स्थानिय बजारमा खसिबोकाको ब्यापार बढ्यो ।।

भाद्र २६ नेपालीहरुको महान पर्व बडा दशै नजिकीदै गर्दा रामेछापमा लाग्ने साताहिक हाटबजारमा खसी बोकाको ब्यापार बढ्न थालेको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा लाग्ने बिहिबारे साप्ताहिक हाटमा स्थानीय स्थरमा उत्पादित बस्तुत बिक्रिहुने सो हाटमा सोह्र शद्धा लागेसंगै खसिबोकाको ब्यपार बढि हुने गरेको स्थानीय ब्यापारी धनमान मगरले बताउनु भयो । बजारमा जताततै हेर्ने हो […]

मानव बेचविखन विरुद्धको दिवसको अवसरमा अन्तरक्रिया

भाद्र २४ आठौ मानव बेच विखन विरुद्धको दिवसको अवसरमा मंगलबार महिला तथा बालबालिका कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा अन्तरक्रिया कार्यक्रमको आयोजन गर्‍यो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको अध्यक्षता तथा स्थानीय विकास अधिकारी टेकराज निरौलाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेस रामेछापका उपसभापति झपडराज भण्डारी, नेकपा एमालेका उपाध्यक्ष प्रेम तामङ, एनेकपा माओवादीका तारानारायण श्रेष्ठ, नेकपा […]

बन्ने भो रामेछाप जोडने खैरेनीघाट पुल ।

भाद्र २३ समचार प्रभाव रामेछाप,पुल नबन्दा ३० किलो मिटर सडकमा एक हजार रुपैयाँसम्म भाडा निर्त स्थानीयबासी बाध्य छन् ।प्राविधिक कारणले स्थागित भएको सिन्धुली र रामेछाप जोडने सुनकोसी खैरनीघाट पुल नयाँ डिजाइन अन्र्तगत दुई बर्षमा बन्ने भएको छ । सडक विभाग कार्यालय अन्र्तगत पुल आयोजना महाशाखा सोही ठाउँमा नयाँ डिजाइनमा पुल निर्माण गर्न स्वीकृति दिएपछि दुई […]

८ औँ राष्टिय मानब अधिकार ओसार पसार नियन्त्रण कार्यक्रम मनाईयो ।।

भाद्र २३ समाज सेवा जागृती महिला बचत तथा ऋण सहकारी संस्था रामेछापको आयोजना तथा महिला तथा बालबालिका कार्यलय रामेछाप ,मन्थली को सहयोगमा जागौ जागौ मानब बेचबिखन नियन्त्रण गर्न सबेै लागौ भन्ने राष्टिय नाराका साथ आज ८ औँ राष्टिय मानब अधिकार ओसार पसार नियन्त्रण कार्यक्रम नारा सहित जनचेतना मुलक सडक नाटक , मानब बेचबिखन नियन्त्रण सम्बन्धी […]

अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

भाद्र २३ सुरक्षित आप्रवासन परियोजना(सामी) र सामुदायिक जनशक्ति विकास कार्यक्रम ओख्रेनी–६, गोल्माटारको साझेदारीतामा संञ्चालित स्कुल तथा आमसंञ्चार कार्यक्रम अन्र्तगत आज बिहान मन्थली उच्च माध्यमिक विद्यालय का कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा एकदिने सुरक्षित बैदेशिक रोजगार सम्वन्धि  अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रामेछाप जिल्लाबाट कामको शिलशिलामा विदेशिने युवाहरुको बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, […]

प्रेस चौतारीद्वारा प्रजिअ मार्फत् सरकार र सदनलाई ध्यानाकर्षण ।

भदौ २० श्रमजीवी पत्रकारहरुको आह्वान, पूर्ण प्रेस स्वतन्त्रता सहितको नयाँ संविधान भन्ने नाराका साथ संविधानसभा मार्फत् प्रेसमैत्री नयाँ संविधान निर्धारित समयमा नै जारी गर्न माग राख्दै प्रेस चौतारी नेपाल जिल्ला शाखा रामेछापले आज प्रमुख जिल्ला अधिकारीमार्फत् सरकार र संविधान सभामा ध्यानाकर्षण पत्र बुझाएको छ । २०७१ माघ ८ गतिभित्र नयाँ संविधान जारी गर्ने दलहरुको सहमति […]

रामेछाप र आसपासको जिल्लामा घरबारीमा अर्गेली खेती ।

भाद्र १८ रामेछापको गुम्देल,बाम्ती,चुचुरे गा.वि.स. तथा सोलुखम्बु,दोलखा जिल्लाको अधिकंश स्थानको पाखाबारी तथा कतिपय घरबरीमा पहेलो लोक्त अर्गेली खेती सुरु गरेको छ ।नेपालमा एक मात्र खरिद कम्पनी कन्पोउ नेपालले जापानिज प्रविधिको स्टिम अर्गेली सेतो बोक्रा उत्पादन गरि जापन निकास गरे पछि यसको माग अत्यधिक भएको हो । एक चोटी लगाएर पछि धेरै बर्ष सम्म उत्पादन लिन […]

विपि विचार पद यात्रा आज रामेछापमा आई पुगेको छ

भदौ १७ मगलबार भाद्र १ गते देखि आदर्श विद्यालय विराटनगर बाट सुरु भएको विपि विचार  पद यात्रा ओखलढुङगाको सिहदेवी हुदै आज रामेछाप आई पुगेको छ । नेपाली कांग्रेस केन्द्रिय निति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा जन नायक विपि काईरालाको जन्म जयन्तीको शत वार्षिकको अवसरमा विपि विचार पद यात्राको १७ औ दिनको कार्यक्रम आज रामेछाप जिल्लाको पुरानो […]