Archive for the ‘होमपेज फोटो’ Category

वेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवस ।।

भाद्र १४ ३२ औ व्यक्ति वेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवस आज रामेछाप पनि मनाईएको छ ।  नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा रामेछापको आयोजनामा  सदरमुकाम मन्थलीमा दिप प्रजलन गरी मनाईएको हो । कार्यक्रममा बिभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रतिनिधि , बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको  सहकार्मी मनमाया योञ्जनले जानकारी लिनु भयो ।

कृषिमा ३ करोड १९ लाख ९३ हजार रुपैयाँ लगानी ।

भाद्र १४ कृषि विकास कार्यालय रामेछापले यस वर्ष रामेछापको कृषिमा ३ करोड १९ लाख ९३ हजार रुपैयाँ लगानी गरेको छ ।  कार्यालयका अनुसार कृषि प्रसार कार्यक्रम अन्तर्गत २ करोड ३ लाख ५२ हजार ४ सय २० रुपैयाँ खर्च भएको छ । वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाका अनुसार सहकारी खेति तथा सुधार सेवा कार्यक्रममा ५८ […]

रामेछाको बाम्तीभण्डारमा एक पुरुष मृत अबस्थामा फेला ।

भाद्र १३ रामेछाको बाम्तीभण्डार गाविस वडा नम्बर ३ रत्न ज्योति बजारमा हिजो सुति रहेको अबस्थामा एक जना पुरुष मृत फेला परेको छ ।  अन्दाजी ४४ वर्षीय एमत बहादुर बस्नेतको आप्नै घरमा सुतिरहेको अबस्थामा मृत भेटिएको हो । श्रीमति सुशिला बस्नेत तिज मनाउन माईता गएको बेला श्रीमान बस्नेत विहिवार बेलुका देखि स्थानियबासिहरुले नदेखिएपछि खोजी गर्ने क्रममा […]

रामेछाप जिल्लाका बजारहरुमा गरिने बजार अनुगमनको कार्यतालिका प्रकाशन ।

भाद्र १३ आर्थिक बर्ष २०७१ ÷७२ भित्र जिल्लाका विभिन्न बजारहरुमा गरिने बजार अनुगमनको कार्यतालीका जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रबार प्रकाशन गरेको छ । प्रमुख जिल्ला अधिकारी सम्भुप्रसाद मरासिनिको अध्यक्षतामा उद्योग बाणिज्य सघं ,घरेलु तथा साना उद्योग , जिल्ला बिकास समिति ,उपभोक्ता मञ्च, नागरिक समाज र पत्रकार महासंघ सम्भिलित जिल्ला प्रशासनमा आज बसेको बैठकले सो कार्यतालीका […]

आज कुशे औंशी, बाबुको मुख हेर्ने दिन ।

भदौ ९ – आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन मनाईंदैछ । देवकार्य र पितृकार्यमा पवित्र मानी प्रयोग गरिने कुश घर–घरमा भित्र्याइन्छ ।आजका दिन ‘पितृदेवो भव’ भन्ने मान्यताअनुरुप बाबुलाई मन पर्ने मिठाई, भोजन खुवाई मुख हेर्ने र यथोचित सम्मान गर्ने परम्परा छ ।बाबु नहुनेहरुले पितृको तृप्ति एवं कल्याणको कामना गरी काठमाडौको उत्तरपट्टि रहेको गोकर्णेश्वर […]

बाढी पिडितहरुलाई मिलिजुली साकोष द्धारा रहत प्रदान ।

भाद्र ८ दोलखा मिलिजुली वचत तथा ऋण सहकारी संस्था लिमिटेड दोलखाले जिरी र सिन्धुपाल्चोकको राम्चेका बाढी पिडितहरुलाई ३५ हजार भन्दा माथिको रकम सहयोग गरेको छ । संस्थाको २२ औं स्थापना दिवसको अवसरमा शनिबार सदरमुकाम चरिकोटमा आयेजित एक अन्तरक्रियात्मक कार्यक्रम मार्फत बाढी पिडितहरुलाई सहयोग रकमको घोषणा गरेको हो । कार्यक्रमको अवसरमा संस्थाका अध्यक्ष कृष्ण बहादुर दहालले […]

अबैध हातहतियार भए बुझाउन जिल्ला प्रहरी कार्यालय रामेछापले सर्वसाधारणसँग औपचारिक आग्रह ।।

भाद्र ६ रामेछाप अबैध हातहतियार भए बुझाउन जिल्ला प्रहरी कार्यालय रामेछापले सर्वसाधारणसँग औपचारिक आग्रह गरेपछि हतियार बुझाएका छन् । मुलुकको प्रचलित कानुनअनुसार विना इजाजत प्रयोग भइरहेका हातहतियार सङ्कलनका लागि कार्यालयले श्रावण मसान्तसम्म अभियानका रुपमा सञ्चालन गरेको थियो । संकलित हतियारमा रामेछापको भिरपानी गाविस वडा न् ७ का प्रविण केसीले एकथान भरुवा बन्दुक प्रहरी कार्यालयमा बुझाएको […]

दुई महिला बलात्कार गरेको आरोपमा ३ जना पक्राउ ।

भदौ ५ रामेछापमा शारीरिक तथा मानसिक रुपमा अपाङ्गता भएका दुई जना महिलालाई छुट्टारछुट्टै ठाउँमा वलात्कार गर्ने ३ लाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेहरुमा फर्पु गाविस–३ का १८ बर्षका कुवेर खड्का, सुनारपानी–५ का २३ बर्षका प्रदिप भुजेल, सुकाजोर–४ का २८ बर्षका यकु श्रेष्ठ रहेका छन् । यस्तै बलात्कारमा संलग्न भटौली गाविस–३ का गोविन्द भुजेल भने […]

गाउँलेको विवादपछि उपस्वास्थ्य चौकी स्थापना नै स्थगित ।।

भाद्र ४ बुधबार जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने डडुवा गाविसमा थप नयाँ उपस्वास्थ्य चौकी स्थापना गर्ने विषयमा मंगलबार दिनभर स्थानीयबीच विवाद भई तनाव उत्पन्न भएपछि तत्कालका लागि उपस्वास्थ्य चौकी स्थापना नै स्थगित भएको छ । डडुवा गाविस–४ सुर्केस्थित स्वास्थ्य चौकी अपायक भएको भन्दै डडुवा–९ राजभीरका स्थानीय प्रदीप श्रेष्ठ र प्रेम श्रेष्ठले स्वास्थ्य मन्त्रालयमा पुगी छुट्टै उपस्वास्थ्य […]

४९ बर्षिय महिला कक्षा १ मा भर्न भईन् ।।

साउन २८ बुधबार देशभरी पढाइको अवस्था खस्किरहेको बेला रामेछापको सैपु गाविस बडा नं। ४ की ४९ बर्षिय राधिका पौडेलले पढ्ने मनसय बनाएर गाउँमै रहेको श्री अरुणोदय माध्यामिक विद्यालयमा कक्षा एकमा भर्न भएकी छिन् । उनका श्रीमान उद्धबप्रसाद पौडेलका अनुसार “साधारण लेखपढ नहुदाँ सामन्य किसिमका घरयासी हिसाबकिताब र चलन चल्तीमा रहेको मोबाइल चलाउन समेत नजानेकाले शिक्षा […]