Archive for the ‘समाज’ Category

तीन सय ३० लिटर घरेलु रक्सी नष्ट ।।

चैत्र २२,रामेछाप रामेछापको सदरमुकाम मन्थलीका विभिन्न स्थानबाट प्रहरीले ३ सय ३० लिटर घरेलु रक्सी नियन्त्रणमा लिएर नष्ट गरेको छ ।जिल्ला सदरमुकाम मन्थलीका होटलमा विक्रीका लागि लुकाएर ल्याउँदै गरेको अबस्थामा मन्थली नगरपालिकाको कुडहर, भैश्वेस्वर, मन्थलीघाट, मन्थलीवजार र आकाशे एरियावाट प्रहरीले रक्सी नियन्त्रणमा लिएको जनाएको छ ।नियन्त्रणमा लिएको घरेलु रक्सी प्रहरीले संचारकर्मी, घरेलु तथा साना उद्योग विकास […]

अलैची बिक्रिबाट ५ करोड आम्दानी ।।

चैत्र १७, रामेछाप रामेछापमा यस बर्ष अलैची बिक्रीबाट ५ करोड बराबरको अम्दानी भएको जिल्ला कृषि विकाश कार्यालयले जनाएको छ । जिल्लाको ६२ हेक्टर क्षेत्रफलमा अलैची खेति बस्तार गरिएकोेमा ४८ हेक्टर क्षेत्रफलबाट २२ मेट्रिकटन अलैचि उत्पादन भएको जिल्ला कृषि विकाश कार्यलयका प्रविधिक सहायक हिमाल भुसालले जानकारी दिनु भयो । खेति बिस्तार गरेको ३ बर्षमा मात्र फल […]

बिदेशि नागरिकले बिद्यालय भबन बनाईदिने ।।

चैत्र १७, रामेछाप भौतिक रुपले जिर्ण र कमजोर अवस्थामा रहेको जिल्लाको फर्पु गाबिसको श्री माबि फर्पुमा बिदेशि नागरिकले एक कोठे पक्की भबन बनाईदिने भएका छन् । नमस्ते चिल्डे«न नेपालको समन्वयमा सात जना बेल्जियमका नागरिकले सामुहिकरुपमा भबन निर्माण गरिदिने बताएका हुन् । झन्डै ३ सय ५० जना बिद्यार्थी अध्यनरत बिद्यालयमा अहिले सम्म कुनै पनि पक्की भबन […]

तामाकोशीको सेयर चरिकोटमा मात्र रु। २८ करोड संकलन ।।

चैत्र १६,दोलखा माथिल्लो तामाकोशी प्रवद्र्धक रहेको कम्पनीको सेयरमा जिल्लाबाट सञ्चय गरिरहेका सञ्चयकर्ताहरुबाट करिब रु। २८ करोडको सेयर संकलन भएको छ । निश्कासक नागरिक लगानी कोषले आवेदकनका लागि तोकेको राष्ट्रिय बाणिज्य बैंक चरिकोट शाखामा आइतबार अन्तिम दिनसम्म ती सञ्चयकर्ताहरुबाट रु। २८ करोड बराबरको सेयर संकलन भएको हो । हालसम्मको सबैभन्दा ठूलो साधारण सेयर निष्काशन भएको सेयरमा […]

एमाओवादी मोर्चद्वारा लाठी जुलुस प्रदर्शन ।।

चैत्र १५,रामेछाप एकिकृत नेकपा माओवादी मोर्चाले आज रामेछाप सदमुकाम मन्थलीमा लाठी जुलुस प्रदर्शन गरेको छ । एमाओवादी केन्द्रिया सदस्य एवं रामेछाप जिल्ला ईञ्चार्ज धावा लामाको नेतृत्वमा पार्टी कार्यलयबाट निस्किएको लाठी जुलुसले मन्थली बजार परिक्रमा गरेको थियो । मोर्चाका कार्यकर्ताले हातमा लाठि र बाँसका भाटा लिएर बजार परिक्रमा गरेका हो । बजार परिक्रमा गरी कटहरबोटमा पुगी […]

३२ ओटा बिद्युत चुहावटका घटना नियन्त्रण ।।

चैत्र १३,रामेछाप नेपाल बिद्युत प्रधिकरण बितरण साखा रामेछापले यस आर्थिक बर्षको माघ सम्ममा ३२ ओटा बिद्युत चुहावटका घटना नियन्त्रण गरेको छ । ३ हजार ३ सया १९ युनिट बिद्युत चुहावट बाट १ लाख १८ हजार १४ रुपौया राजस्व रकम असुली गरेको बितरण साखा रामेछापले जनाएको छ । बिद्युत चुहावटमा एमसीबि बाईपास गर्ने ,रिडीसेल चुडाउने ,डाईरेक्ट […]

खानेपानी सुधार बिस्तार गर्न ८ करोडमा खानेपानी इनार ।।

चैत्र ११,रामेछाप रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा खानेपानी सुधार बिस्तार योजना अन्तगत तामाकोशीको किनारमा ईनारको शिलान्यास गरिएको छ । झन्डै ८ कारोड लगानिमा निर्माण गर्न लागिएको आयोजनाको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासीनी र स्थानिय बिकाश अधिकारी टेक राज निरौलाले शिल्यानास गनु भएको हो । ३ बर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम अगाडि बढाएको छ […]

रामेछापमा घरेलु हिंसाका अधिकांस मुद्धाहरु मेलमिलापमा ।।

चैत्र ११,रामेछाप जिल्ला प्रहरी कार्यालय रामेछापमा आएका घरेलु हिंसाका अधिकांस मुद्धाहरु मेलमिलापमा टुंग्याईएको पाईएको छ । कार्यालयमा आर्थिक वर्षको यो अवधिसम्ममा ९ वटा घरेलु हिंसाका उजुरीहरु परेकोमा ८ ओटा मुद्धालाई मेलमिलापमा टुंग्याईएको छ । त्यसमध्ये १ ओटा मुद्धालाई भने जिल्ला प्रसासन कार्यलयमा पठाईको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । महिला हिसाँका मुद्धामा भने सुन्यता […]

सचिव गाउँ नगएपछि सेवाग्राही समस्यामा, सदरमुकाम पुग्दा खर्च बढ्यो ।।

फागुन १०,रामेछाप ग्रामीण भेगमा गाविस सचिव गाउँ नगएपछि रामेछाप जिल्लाका सेवाग्राही आक्रोसित बन्न थालेका छन् । सदरमुकाम केन्द्रित सचिवहरुलाई पटक–पटक गाउँ जान निर्देशन दिइएपनि नगएपछि सेवाग्राही मर्कामा परेका हुन् ।सचिव गाउँ नगएपछि नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, मालपोत रसिद लगायतका सिफारिस लिने काममा बाधा पुग्नुका साथै ढिला हुने गरेको सेवाग्राहीको भनाइ छ । […]

रामेछापको मझुवमा मदिरा सेवन गर्दा प्रहरी आफै कारवाहीमा ।।

फागुन १०,रामेछाप रामेछापको मझुवमा मदिरा सेवन गर्ने एक प्रहरी जवानलाई खाडादेवी स्वास्थ्य आमा समुहले कारवाहीको माग गरेका छन ।इलाका प्रहरी कार्यालय चोप्राङका प्रहरी जवान फुर्वा तामाङले हिजो साझां मदिरा सेवान गरी महिला माथि अपशब्द प्रयोग गरेको भन्दै आमा समुहले कारवाहीको माग गरेका हुन निज प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय चोप्राङले कारवाही गर्ने बताएको छ ।यस्तै […]