Archive for the ‘खेलकुद’ Category

चण्डेश्वरी रनिङकल महिला भलिबल प्रतियोगीता हुने ।।

फागुन १७ , रामेछाप चण्डेश्वरी युवा क्लव रामेछाप काठमाण्डौ सम्पर्क समितीको आयोजनामा रामेछापको रस्नालु गाबिसमा आगामी बैशाख १५ गते देखी चण्डेश्वरी रनिङकल महिला भलिबल प्रतियोगीता सञ्चालन हुने भएको छ । बैशाख १८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम , द्धितिय र तृतिय र सान्तोना हुने समुहलाई क्रमस ५१ हजार ५ सय , २५ हजार ५ […]

भलिबलका सेमिफाईनलका खेलहरु शुरु –हिरक महोत्सब ।।

फागुन १०,रामेछाप हिमगंगा उच्च माध्यमिक विद्यालय साघुटारको हिरक महोत्सब कै अबसरमा आज रनिङशिल्ड खुला भलिबल प्रतियोगिताको सेमिफाईनलका खेलहरु शुरुवात भएको छ । सहभागी भलिबल प्रतियोगिताका टिमहरु मध्ये पोल ए वाट साघुटार थाक्ले बेशी युवा क्लव साघुटार ए ले गतवर्षको विजेता टारकेरावारी गाविसलाई २१–२५, २५–१२, २५–१३को सेटमा हराउदै सेमिफाईनलमा प्रबेश गरेका छन् । त्यस्तै पोल बी […]

जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डका छनौट खेलहरु हुदै ।।

माघ २९ ,रामेछाप रामेछापमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता–२०७१ का लागि छनौट खेलहरु सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति रामेछापले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि छनौट खेलहरु सञ्चालन गरिरहेको छ । त्यसका लागि ठोसेको सारदा उमाबिमा भइरहेको छनौट खेलमा क्षेत्र नम्बर १ का १६ ओटा टिमले सहभागीता जनाएका थिए । प्रतियोगिता अन्तरगत […]

आहा रारा गोल्डकप मनाङ र कञ्चनजंगा भिड्ने ।।

माघ २३ आहा रारा गोल्डकपको १३ औं संस्करणअन्तर्गत आज नेपाली र भारतीय फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । पोखरामा हुने खेलमा मनाङ मस्र्याङदी र भारतको कञ्चनजंगा क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिजोका खेलमा लुम्बिनी फुटबल क्लब बुटवललाई हराउँदै झापा ११ विजयी भएको थियो ।

सर्वाधिक पुरस्कार राशीको एसपीए कप प्रतियोगिता आजदेखि ।।

 माघ १६  सर्वाधिक पुरस्कार राशीको एसपीए कप प्रतियोगिता शुक्रबारदेखि हुँदैछ । धनगढीको सेती अञ्चल प्रहरी  कार्यालयको खेलमैदानमा हुने किक्रेट प्रंतियोगितामा १६ टिम सहभागी हुनेछन् । शुक्रबारको उद्घाटन खेलमा पेन्टागन ईन्टरनेसनल कलेज काठमाण्डू र महेन्द्र नमुना उच्च मावि भिड्नेछन् । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ पाउने छन् ।

पारस खड्का र भारतीय क्रिकेटर युवराज सिंह एउटै टिममा।।

माघ १६ आउँदो चैत ६ गते दुबईमा हुन लागेको इमिरेट्स ट्वेन्टी–ट्वेन्टी प्रतियोगितामा नेपाली क्रिकेट कप्तान पारस खड्कासँगै भारतका युवराज सिंहले पनि खेल्ने भएका छन् । पारस खड्कालाई टिममा राखेको इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लव एमसिसीले भारतीय ब्याट्सम्यान युवराज सिंहलाई पनि टिममा थपेको छ । पारसलाई पनि टिममा राखिएको र टिमको कप्तानी इंग्ल्याण्डका पूर्व कप्तान एलिस्टर कुकले […]

तेस्रो स्थानका लागि नेपाल केन्यासँग भिड्दै ।।

१० माघ आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टूको तेस्रो स्थानका लागि नेपाल आज केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार सवा १ बजे हुनेछ । लिग चरणको अन्तिम खेलमा हिजो नेपाल केन्यासँग नै भिडेको थियो । डिभिजन वानमा पुग्ने जित्ने पर्ने खेलमा नेपाल ५ विकेटले पराजित हुनपुर्‍यो, जसले नेपालको डिभिजन वानको सपना चकनाचुर भएको छ ।आज […]

डिभिजन टू क्रिकेट : नेपालद्वार केन्यालाई १ सय ९५ रनको लक्ष्य ।।

माघ ९ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन २ को अन्तिम खेलमा नेपालले जितका लागि केन्यालाई १ सय ९५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरको नेपालले ४९ दशमलव ५ ओभरमा सबै १० विकेट गुमाएर १ सय ९४ रन बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले नट आउट ९१ रन बनाए । १ सय १६ […]

डिभिजन २ क्रिकेट : नामिबियाविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै ।।

माघ ७ आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले अहिले घरेलुी टोली नामिबियासँग खेलिरहेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि अहिले नामिबियाले ब्याटिङ गरिरहेको छ । नामिबिया लगातार ३ खेल जितेर शीर्ष स्थानमा छ भने नेपाल ३ खेल मध्ये दुईमा जितेर दोस्रो स्थानमा छ । नामिबियासँगको यो खेल जत नेपाल डिभिजन १ मा उक्लनेछ […]

राष्ट्रिय लिग फुटबल आजदेखि ।।

 माघ ७  राष्ट्रिय लिग फुटबल प्रतियोगितामा बुधबार देखि सुरु हुँदैछ । होम एण्ड अवे प्रणालीको आधारमा हुने प्रतियोगिताको पहिलो खेलमा बुधबार मनाङ मस्र्याङ्दी र सुदुरपश्चिमाञ्चल टीम कैलाली भिड्नेछन्  । खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । प्रतियोगितामा ५ वटा ए डिभिजन क्लव र जिल्लाका ४ वटा गरी ९ टिम सहभागि हुँदैछन् । प्रतियोगितामा मनाङ मस्र्याङदी, […]