Archive for the ‘खेलकुद’ Category

पोखरा कप फुटबलमा सरस्वती युथको विजयी सुरुआत ।

पोखरा, पौष २२ पोखरा कप फुटबल प्रतियोगिता पोखरा रंगशालामा मंगलबारदेखि सुरु भएको छ । उद्घाटन खेलमा विजयी हुँदै ‘ए’ डिभिजन क्लब सरस्वती युथले सुखद सुरुआत गरेको छ  सरस्वतीले झापाको रोलिङ फुटबल क्लबलाई १–० ले हराएको हो । मध्यान्तरअघि इन्जुरी समयको अन्तिम घडीमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कृष्ण शाक्यले सरस्वतीलाई निर्णायक गोल दिलाएका हुन्। यो जितसँगै […]

क्रिकेट संघ क्यानले क्रिकेट खेलाडी चार समूहमा बर्गीकरण, सोमपाल बी ग्रेडमा ।

२० पुस,काठमाडौं नेपाल क्रिकेट संघ क्यानले खेलाडीहरुलाई चार समूहमा बर्गीकरण गर्दै ३५ हजारसम्म मासिक पारिश्रमिक दिने भएको छ ।बर्गीकरणमा राष्ट्रिय टोलीका २२ खेलाडी छन् । क्यानले नेपाली टोली डिभिजन टुको तयारीका लागि दक्षिण अफ्रिका जानुअघि अनुवन्ध गर्दैछ ।जनवरी १ बाटै लागू हुने गरी खेलाडीसँग एक वर्षे सम्झौता गर्ने क्यानको तयारी छ ।त्यसका लागि प्रशिक्षक पुवुदु […]

संकटा क्लवले अर्को महिना सुरु हुने राष्ट्रिय लिग नखेल्ने ।

काठमाडौं, पौष २०  ‘ए’ डिभिजनको संकटा क्लवले आगामी माघ ७ गतेबाट हुन लागेको राष्ट्रिय लिग फुटबल नखेल्ने भएको छ ।हिजो बसेको क्लवको केन्द्रिय समिति र सल्लाहकारको संयुक्त बैठकले यो वर्ष लिग नखेल्ने सर्वसम्मत निर्णय गरेको हो ।अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर अध्यक्ष रहेको संकटाले प्रतियोगितामा नाम दर्ताका लागि एक दिन […]

सिटीले चेल्सीसँग अंक दुरी छोट्याउने मौका गुमायो।

१४ पुस, काठमाडौं । म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग लिडर चेल्सीसँग अंक दुरी छोट्याउने मौका गुमाएको छ । आइतबार राति भएको खेलमा चेल्सीले साउथ ह्याम्पटनसँग १–१ को बराबरी खेल्यो । तर, सिटीले बार्नलीविरुद्ध २–० को अग्रता पनि जोगाउन सकेन र चेल्सीसँगको अंक दुरी १ मा झार्ने मौका गुमायो । चेल्सी १९ खेलबाट ४६ अंकका साथ […]

सुनिल क्षेत्री बने भारतका उत्कृष्ट फुटबलर ।

१४ पुस राष्ट्रिय टोलीका कप्तान सुनिल क्षेत्री यो वर्षको भारतका उत्कृष्ट फुटबलर घोषित भएका छन् । बेङ्ग्लुरुका कप्तान समेत रहेका उउनले एआईएफएफ प्लेयर अफ दि इयर अवार्ड हात पारेका हुन् । आई लिग प्रशिक्षकहरुको मतका आधारमा क्षेत्रलाई यो अवार्ड प्रदान गर्ने निर्णय गरिएको अल इण्डिया फुटबल फेडेरेसनले जनाएको छ । उनले २०१३ मा पनि यो […]

मन्थली फुटबल कप प्रतियोगीता सञ्चालन ।

असोज १२ नेपालीहरुको महान पर्ब बडा दशैको अवशरमा दिपशिखा ब्वाईज युनाईटेड क्लब करम्बोटले आजबाट मन्थली फुटबल कप प्रतियोगीता सञ्चालन गरेको छ । रामेछाप सदरमुकाम मन्थलीको आकाशे खेल मैदान दिउसो १ बजे बाट खेल सुरु गरेका छन् । प्रतियोगीतामा बिभिन्न क्लबहरुले सहभागीता जनाएका छन् ।

दोस्रो युवा सम्मेलन २०७१ रामेछापको सदरमुकाम मन्थलीमा सूरु ।

साउन २५, रामेछाप । अन्तराष्ट्रिय युवा दिवस २०१४ को अवसरमा सम्वृद्धिका लागि मानशिक रुपमा स्वस्थ युवा” राष्ट्रिय नाराका साथ शान्ति र विकासका लागि युवा साझेदारी नेपालद्धारा दोस्रो युवा सम्मेलन २०७१ रामेछापको,सदरमुकाम मन्थलि आयोजना गरेको छ । युवा तथा खेलकुद मन्त्रालय लगाएत बिभिन्न सरकारि तथा गैरसरकारि सस्थाहरुको समन्वयमा अन्तराष्ट्रिय युवा दिवस मनाउदै राष्ट्रिय युवा निति २०६६ […]

प्रिमियर लिगका लागि नेपालको प्रारम्भीक टोलीमा मेहबुब र राजकुमार ।।

८ बैशाख, एसीसी प्रिमियर लिग क्रिकेटका लागि १८ सदस्यीय प्रारम्भीक टोलीको घोषणा भएको छ । टोलीमा मेहबुब आलम र भेट्रान खेलाडी राजकुमार प्रधान पनि परेका छन् । उनीहरुसँगै यू(१९ का कप्तान भुवन कार्की, आरिफ शेख, पुष्प थापा, यज्ञमान कुमाल र रामनरेश गिरी पनि टोलीमा परेका छन् ।विश्वकप खेलेको नेपाली टोलीका जितेन्द्र मुखियासँगै राहुल विश्वकर्मा, प्रदिप […]

किड्स च्याम्पियनसिपमा सिन्धुली पहिलो ।।

चैत ३० – पहिलो किड्स च्याम्पियनशिपमा ५ स्वर्णपदकसहित सिन्धुली डोजो प्र्रथम भएको छ । प्रतियोगितामा ४ स्वर्ण र २ रजत ल्याएर पारामाउण्ट डोजो दोश्रो र ४ स्वर्ण र १ रजत पदकसहित लालीगुँरास डोजो तेश्रो भयो । नेपाल सितोरियो सोबोकान करातेको आयोजनामा काभ्रेको बनेपामा भएको प्रतियोगितामा देशभरका २ सय ५० खेलाडी सहभागी थिए ।

बुटवलमा क्रिकेट खेलाडीलाई नगर परिक्रमा

रुपन्देहीको न्यु होराइजन उच्च माविले राष्ट्रिय टोलीका ५ जना खेलाडीलाई बुधबार सम्मान गरेको छ । विद्यालयले रुपन्देही जिल्लाबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने शक्ति गौचन, सागर पुन, वसन्त रेग्मी, राहुल विश्वकर्मा, अमृत भट्टराईलाई बाजागाजा सहित बुटवलको कालिका नगरबाट मिडियाचोकसम्म नगर परिक्रमा गराइ सम्मान गरेको हो । त्यसैगरी उनीहरुलाई १५/१५ हजार रुपैयाँ सहित सम्मान गरिएको विद्यालयका अतिरिक्त […]