एमाओवादी मोर्चद्वारा लाठी जुलुस प्रदर्शन ।।

चैत्र १५,रामेछाप
एकिकृत नेकपा माओवादी मोर्चाले आज रामेछाप सदमुकाम मन्थलीमा लाठी जुलुस प्रदर्शन गरेको छ । एमाओवादी केन्द्रिया सदस्य एवं रामेछाप जिल्ला ईञ्चार्ज धावा लामाको नेतृत्वमा पार्टी कार्यलयबाट निस्किएको लाठी जुलुसले मन्थली बजार परिक्रमा गरेको थियो । मोर्चाका कार्यकर्ताले हातमा लाठि र बाँसका भाटा लिएर बजार परिक्रमा गरेका हो । बजार परिक्रमा गरी कटहरबोटमा पुगी जुलुस कोण सभामा परिणत हुने बेलामा प्रदशनकारीको लाठि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनकारीहरु संग लाठी मागेपछि उनिहरुले प्रहरीलाई लाठी दिएका थिए । कटहरबोटमा भएको कोण सभामा बोल्दै एमाओवादी क्षेत्र नम्बर २ का निर्वाचित सभाषद श्याम श्रेष्ठले लाठी प्रदशण आन्दोलनको पहिलो प्रदर्शन मात्र भएको बताए । उनले अबको आन्दोलन सशक्त्त रुपमा अघि बढ्ने समेत चेतावनी दिनु भयो । यसैबिच मोहान बैद्य नेतृत्वको नेकपा माओवादीले पनि सदरमुकाम मन्थलीमा कार्यकर्ता प्रशिक्षण तथा नगर भेला कार्यक्रम गरेको छ । जिल्ला बिकाश समितीको हलमा भएको कार्यक्रममा पाटि जिल्ला अध्यक्ष अन्जन लामाको अध्यक्षयतता रहेको थियो भने केन्द्रिय पोलिटब्युरो सदस्य राम आर्चाय प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रममा जिल्लाका ३५ जना कार्यकर्ताको सहभागीता रहेको थियो ।

३२ ओटा बिद्युत चुहावटका घटना नियन्त्रण ।।

चैत्र १३,रामेछाप
नेपाल बिद्युत प्रधिकरण बितरण साखा रामेछापले यस आर्थिक बर्षको माघ सम्ममा ३२ ओटा बिद्युत चुहावटका घटना नियन्त्रण गरेको छ । ३ हजार ३ सया १९ युनिट बिद्युत चुहावट बाट १ लाख १८ हजार १४ रुपौया राजस्व रकम असुली गरेको बितरण साखा रामेछापले जनाएको छ । बिद्युत चुहावटमा एमसीबि बाईपास गर्ने ,रिडीसेल चुडाउने ,डाईरेक्ट हुकिङ गर्ने जस्ता अर्मयादित कार्य गर्ने ग्राहकहरुलाई कारबाही गरिएको कार्यलय प्रमुख रबिन बाबु घिमिरेले जानकारी दिनु भयो । साथै ग्रहकहरुको घरमा बिद्युत लोडको बिबरण हेरी सुधार गर्ने पनि बताउनु भयो । यदि नियम बिपरित ग्राहकले अर्मयादित कार्य गरेको पाईएमा बिद्युत नियन्त्रण नियमावली २०५९ अनुुसार कारबाही गरिने पनि बताउनु भयो ।

दैविक प्रकोप हुन सक्ने भन्दै रामेछापमा उच्च सतर्कता ।।

चैत ११,रामेछाप
बढ्दो खडेरीसँगै आगलागि हुने सम्भावनालाई मध्ये नजर गर्दै जिल्ला दैवी प्रकोप उद्धार समिति रामेछापले उच्च सर्तकता अपनाएको छ । समितिले मन्थली वैठक राखि ठोस योजना सहित अघि बढ्ने बताएको छ । समितिले आफु मातहतका इलाका वन कार्यालय एवं वन रक्षकहरुलाई अग्नी नियन्त्रण सामाग्रीहरु सहित तयारी हालतमा रहन जिल्ला वन कार्यालयलाई निर्देशन दिएको छ । बजारबासी एवं बजार क्षेत्रमा रहेका सरकारी निकायहरुले कम्तीमा एक÷एक फायर स्टीङ राख्ने व्यवस्था मिलाउने समेत समितिले जनाएको छ । त्यस्तै जिल्ला स्थित सुरक्षा निकायहरु नन्दाबक्स गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलले कम्तिमा एक÷एक टोली बनाई उद्धार सामाग्री सहित जुनसुकै बेला परिचालन गर्न सक्ने गरी तयारी अवस्थामा राख्ने निर्णय भएको छ । समितिले मन्थली लगायतका बजार क्षेत्रमा प्रज्वलनशील पेट्रोलियम पदार्थहरु खुला रुपमा राखी प्रयोग एवं विक्री वितरण गर्ने गरेको बुझिएकोले यसबाट आगलागी जस्ता विपद्का घटना हुन गई जनधनको क्षति समेत हुने भएकाले यस्ता कार्यलाई तत्काल रोक्न लगाउने निर्णय गरेको छ । मन्थली नगरपालिका लगायतका आसपासका क्षेत्रहरु सुख्खा ग्रस्त क्षेत्र भएकाले आगलागीको जोखिम उच्च रहेको छ । जिल्लामा हालसम्म पनि दमकलको व्यवस्था नभएकोले आगलागीका कारण जनधनको क्षति हुन सक्ने भएकोले मनथली नगरपालिकालाई कम्तिमा १ वटा दमकल तथा अग्नि नियन्त्रण सामग्रीहरुको व्यवस्था गरिदिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा अनुरोध गर्ने समेत समितिको वैठकले निर्णय गरेको छ । यसैबीच बुधबारै सहायक प्रमुख जिल्ला अधिकारी तिलकराम पोख्रेलको नेतृत्वको अनुगमन टोलीले मन्थली बजारमा अनुगमन गरिएको छ । अनुमनको क्रममा २ वटा पसलहरु दर्ता नै नगरि सञ्चालन गरेको पाइएको अनुगमन टोलीका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी तिलकराम पोख्रेलले जानकारी दिनु भयो । टोलीले मन्थली बजारको कटरबोटदेखि तामाकोसी सहकारी अस्पतालसम्मका किराना पसल तथा फलपूmल पसलहरुको अनुगमन गरेको थियो । प्रशासनको निर्देशन पछि बजारमा खुल्ला रुपमा विक्रिको लागि राखिएको पेट्रोल हटाइएको पाइएको पनि पोख्रेलले जानकारि दिनु भयो ।

खानेपानी सुधार बिस्तार गर्न ८ करोडमा खानेपानी इनार ।।

चैत्र ११,रामेछाप
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा खानेपानी सुधार बिस्तार योजना अन्तगत तामाकोशीको किनारमा ईनारको शिलान्यास गरिएको छ । झन्डै ८ कारोड लगानिमा निर्माण गर्न लागिएको आयोजनाको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासीनी र स्थानिय बिकाश अधिकारी टेक राज निरौलाले शिल्यानास गनु भएको हो । ३ बर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम अगाडि बढाएको छ । आयोजनाले मन्थली नगरपालीकाको १ ,२ र ३ वडाको नागरिक लाभान्बित हुनेछन् ।

रामेछापमा घरेलु हिंसाका अधिकांस मुद्धाहरु मेलमिलापमा ।।

चैत्र ११,रामेछाप
जिल्ला प्रहरी कार्यालय रामेछापमा आएका घरेलु हिंसाका अधिकांस मुद्धाहरु मेलमिलापमा टुंग्याईएको पाईएको छ । कार्यालयमा आर्थिक वर्षको यो अवधिसम्ममा ९ वटा घरेलु हिंसाका उजुरीहरु परेकोमा ८ ओटा मुद्धालाई मेलमिलापमा टुंग्याईएको छ । त्यसमध्ये १ ओटा मुद्धालाई भने जिल्ला प्रसासन कार्यलयमा पठाईको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । महिला हिसाँका मुद्धामा भने सुन्यता रहेको जिल्ला प्रहरी कार्यलयका असई फरेन्द्र कुमार थापाले जानकारी दिनु भयो । जिल्लामा महिला हिसाँका घटना भएपनि समुदाय र परिवारको डरले बहिर नआएको हुनसक्ने अनुमान गरिएको छ । यसैबिच जिल्ला प्रहरी कार्यलय रामेछापले जबरजस्ती करणी नियन्त्रण अभियान अन्तरगत पहिलो चरणको ३ महिने कार्यतालीका तय गरी अभियान अघि बढाएको छ । कार्यतालीका अन्तरगत कानुनी परामर्श लगतएत बिभिन्न जनचेतना मुलक कार्यक्रम अघि सारेको असई थापाले बताउनु भयो ।

सचिव गाउँ नगएपछि सेवाग्राही समस्यामा, सदरमुकाम पुग्दा खर्च बढ्यो ।।

फागुन १०,रामेछाप
ग्रामीण भेगमा गाविस सचिव गाउँ नगएपछि रामेछाप जिल्लाका सेवाग्राही आक्रोसित बन्न थालेका छन् । सदरमुकाम केन्द्रित सचिवहरुलाई पटक–पटक गाउँ जान निर्देशन दिइएपनि नगएपछि सेवाग्राही मर्कामा परेका हुन् ।सचिव गाउँ नगएपछि नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, मालपोत रसिद लगायतका सिफारिस लिने काममा बाधा पुग्नुका साथै ढिला हुने गरेको सेवाग्राहीको भनाइ छ । गाउँमा सचिव नबसेपछि सचिव खोज्दै सदरमुकाम धाउनु पर्ने अवस्था रहेको सेवाग्राहीहरुको गुनासो बढिरहेको छ । सरकारी तलब खाएर सदरमुकाममा कोठा खोजेर बस्नु भन्दा गाविसमा नै कोठा खोजेरै भए पनि बसेर काम गर्ने हो भने आफूले खर्च गरी सदरमुकाममा पुग्नु नपर्ने उनीहरुको भनाइ छ । आफ्नो कामको लाग्ने राजस्व दस्तुर भन्दा जादाँ आउदाँ, बस्दा बढि खर्च भएको भन्दै उनीहरु रुष्ट बन्न थालेका छन् । संकटकालको समयमा गाविस सचिव तथा कार्यलयको सुरक्षाको दृष्टिकोणले असुरक्षित बनेपनि अहिले त्यस्तो अवस्थामा नरहेको र गाविसमा फर्केर कामलाइ निरन्तरता दिन सामाजिक सुरक्षा भत्ताको प्रभावकारीताको विषयमा आइतवार रामेछापको नागदह गाविसमा स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना रामेछापको सहयोगमा मानव अधिकार तथा सामाजिक न्याय संयोजन केन्द्र हुसोक रामेछापको आयोजनामा भएको सामुदायिक अंक पत्रको आमन्ने सामुन्ने बैठक कार्यक्रममा सहभागी भएका नागदह गाविसका सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका ब्यक्तिहरुले जोड दिएका छन् । गाविस सचिव सामाजिक सूरक्षा भत्ता बाँड्ने समयमा मात्र गाविसमा आउने गरेको देखेको र आफूले सेवा लिनुपर्ने अन्य समयमा सेवा पाउन नसेकेकोमा गुनासो व्यक्त गरेका छन् ।

रामेछापको मझुवमा मदिरा सेवन गर्दा प्रहरी आफै कारवाहीमा ।।

फागुन १०,रामेछाप
रामेछापको मझुवमा मदिरा सेवन गर्ने एक प्रहरी जवानलाई खाडादेवी स्वास्थ्य आमा समुहले कारवाहीको माग गरेका छन ।इलाका प्रहरी कार्यालय चोप्राङका प्रहरी जवान फुर्वा तामाङले हिजो साझां मदिरा सेवान गरी महिला माथि अपशब्द प्रयोग गरेको भन्दै आमा समुहले कारवाहीको माग गरेका हुन निज प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय चोप्राङले कारवाही गर्ने बताएको छ ।यस्तै मझुवाकै स्थानिय बासिन्दा डम्बर बाहादुर कार्कीले पनि मदिरा सेवन गर्दा खाडादेवी आमा समुहले इलाका प्रहरी कार्यालय चोप्राङमा बुझाई रु १५ सय रुपैया जरिवाना सहित कारवाही गरेका छन । सो रकम आमा समुहले समुहको बचत खातामा जम्मा गरेको बताएको छ ।

रामेछापमा विद्यार्थी संख्या कम भएका १६ सामुदायीक विद्यालय बन्द हुने ।।

चैत ९ ,रामेछाप
१० जना भन्दा कम बालवालिकाहरु अध्ययनरत रहेका जिल्लाका १५ वटा प्राथामिक तहका सामुदायिक विद्यालयहरु र १ वटा निम्न माध्यमिक तहको सामुदायिक विद्यालय वन्द गर्न जिल्ला शिक्षा कार्यालयले प्रक्रिया अगाडि बढाएको जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीले जानकारी दिनुभयो । बैशाख महिना देखी शुरु हुने नयाँ शैक्षिक सत्रबाट वन्द हुने विद्यालयहरुमा रणज्योति प्रावि मन्थली, तामाकोसी प्रावि मन्थली, राधाकृष्ण प्रावि मन्थली, कोलेश्वर प्रावि फुलासी, सुनकोसी प्रावि रामेछाप, नवबुद्ध प्रावि खाँडादेवी, जनता प्रावि पुरानागाउँ, कैलाश्वरी प्रावि चनखु, भुमेश्वर प्रावि चनखु भगवति मंगला प्रावि मझुवा, कालिदेवी प्रावि सालु, सिद्धार्थ प्रावि गौश्वारा, सन्तोषि प्रावि दिमीपोखरी, सूर्यश्वर प्रावि गुन्सी, सिद्धदेवी निमावि बेताली र नवविहानी प्रावि पिङखुरी रहेको जिल्ला शिक्षा कार्यालय रामेछापले जनाएको छ । जिल्ला शिक्षा कार्यालय रामेछापले विद्यार्थी संख्या र विद्यालय जाने दुरीका आधारमा विद्यालयहरु बन्द गर्न लागेको जिल्ला शिक्षा कार्यालयले जनाएको हो विद्यार्थी संख्या घट्न थालेपछि जिल्ला शिक्षा कार्यालयले तिन बर्ष अगाडिबाट नयाँ विद्यालय संन्चालनको अनुमति पनि बन्द गरेको थियो ।

रामेछापको नागदहमा आमनेसामने बैठक सम्पन्न ।।

चैत ८ , रामेछाप
रामेछाप जिल्लाको नागदह गाविसमा आमनेसामने बैठक आइतबार सम्पन्न भएको छ । गाविस सचिव विरेन्द्रकुमा झाको अध्यक्षतामा भएको कार्यक्रममा गाविसले वितरण गरेको जेष्ठ नागरिक भक्ता पाउने नागरिकहरुको सन्तुष्टि कस्तो छ भनि छलफल गरिएको थियो । बैठकमा गाविसमा सामाजि सुरक्षा भत्ता पाउने नागरिकहरुको सहभागिता रहेको थियो । स्थानीय सरकारको जवाफदेहीता अभिवृद्धि परियोजनाको सहयोग तथा मानवअधिकार तथा सामाजिक न्याय संयोन केन्द्र रामेछापको आयोजनामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल, असल शासन जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष दीपक भट्ट, परियोजनाका जिल्ला संयोजक उमङ्ग मैनाली लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण परियोजनाकी फिल्ड अधिकृत कल्पना तामाङ र सामाजिक अभ्यासकर्ता सिर्जना कार्कीले गर्नु भएको थियो ।

चैत ८,रामेछाप
रामेछापको भुजीमा गोर्खा वेल्फेयर स्किम बाट खानेपानी परियोजनाका काम
भइरहेको छ । देबिथानको मुहान हुदै वडा नं. ४,६,र ७ का ९९ घर धुरीको लागी परियोजना संचालन गर्न लागिएकोे गोर्खा वेल्फेयर स्किम ग्रामिण खानेपनी तथा सरसफाई कार्यक्रमका सामाजिक परिचालिका शारदा सुनुवारले बताउनु भयो । सन १९९३÷९४ मा जि डब्लु एस बाट नै निमार्ण भएको खानेपनी परियोजना जिर्ण भएपछी पुन खानेपानीको लागी स्वर्गिय भुपु ब्रिटिस आर्मी अमृत बहादुर सुनुवार ले गोर्खा वेल्फेयर स्किममा निबेदन पेश गर्नु भएको थियो ।परियोजना परेपछी हाल भुपु ज्ञानेन्द्र कुमार सुनुवार को स्पोन्सर काम भईरहेको छ , भने सहजताको लागी हेमन्त कुमार सुनुवारको अध्यक्षता ११ सदस्यिय देबिथान खानेपानी तथा सरसफाई स्वास्थ समिति पनी गठन गरिएको छ ।