तामाकोसी सहकारी अस्पताल मन्थलीलाई रोटरी क्लवद्वारा ४० लाख रुपैयाँ बराबरको उपकरण सहयोग ।।

चैत्र ७,रामेछाप
रोटरी क्लव अफ वारेज जर्मनिर रोटरी क्लव अफ काभ्रेले रोटरी फाउण्डेशन को ग्लोवल ग्रेन्ट अन्र्तगतको सहयोगमा रामेछापको तामाकोशि सहकारी अस्पताललाई अस्पताल का उपकरण सहयोग गरेको छ ।शुक्रवार अस्पतालमा आयोजित एक कार्यक्रममा काभ्रे रोटरीका अध्यक्ष मिलन गुरुङ र रोटरी क्लव अफ वावरेज जर्मनिका डा।एल्मामायरले अस्पतालका उपकरण अस्पतालका अध्यक्ष गोविन्द घिमिरे र निर्देशक डा। सुमन कर्माचार्यलाई हस्तान्तरण गर्नुभयो ।हस्तान्तरित सामान ४० लाख रुपैया वरावरका छन्।

एमाले फर्पुको चौथो गाउँ अधिवेशन सम्पन्न ।।

चैत्र ७,रामेछाप
नेकपा एमाले गाउँ कमिटि फर्पुको चौथो गाउँ अधिवेशन फर्पुमा सम्पन्न भएको छ । कार्यक्रम नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व सांसद देवशंकर पौडेलको प्रमुख आतिथ्यातामा भएको थियो । कार्यक्रममा एमाले वैकल्पिक केन्द्रीय सदस्य माधव ढुङ्गेल, जिल्ला कमिटि अध्यक्ष शान्तिप्रसाद पौडेल, उपाध्यक्ष प्रेम तामाङ लगायतले बोल्नु भएको थियो । अधिवेशनले पार्टीको विभिन्न भातृ संगठनहरु समेत गठन गरेको छ । पूर्णबहादुर तामाङको अध्यक्षतामा २५ सदस्सीय एमाले गाउँ कमिटि फर्पु गठन गरेको छ । त्यस्तै विष्णु तामाङको अध्यक्षतामा १९ सदस्सीय युवा संघ गाउँ इकाई किमिटि गठन गरिएको छ । निसा तामाङको अध्यक्षतामा ११ सदस्सीय अनेमसंघ गाउँ कमिटि फर्पु गठन गरिएको फर्पुबाट तीर्थविरक्त पाख्रिनले जानकारी दिनु भयो ।

रामेछापको भिरपानी गाविसको ५ नं वडा मदिरा निषेधित क्षेत्र घोषित ।।

चैत्र ६,रामेछाप
रामेछाप जिल्लाको भिरपानी गाविसको ५ नं वडा मदिरा निषेधित क्षेत्र घोषित भएको छ । स्थानीय पशुपति महिला आमा आमा समुहको अगुवाईमा सो वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । महिला समुहकै अगुवाईमा भिरपानी ५ मा बनाएको अवैध मदिरा पनि नियन्त्रणमा लिई नष्ट गरिएको छ । समुहकी अध्यक्ष सिर्जना रायको नेतृत्वमा गएको गएको ६३ जना महिलाहरुले नियन्त्रणमा लिएको २० लिटर अवैध मदिरा प्रहरी चौकि चोप्राङको प्रहरीको रोहबरमा नष्ट गरिएको थियो । महिलाहरुले भिरपानी ५ म कसैले अवैध मदिरा सेवन गरि होहल्ला गरेमा २ हजार रुपैयाँ जरिवान गरी सो रकम समुहको कोषमा राख्ने निर्णय गरेका छन् । त्यस्तै अवैध मदिरा उत्पादन गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । संकलित रकम समुदायको हितमा खर्च गर्ने योजना उनीहरुले बनाएका छन् । समुहले वैध मदिरा र सुर्तिजन्य वस्तु पनि सार्वजनिक स्थलको २ सय मिटर क्षेत्र भित्र सेवन गर्न रोक लगाएको स्थानीय वोदेन्द्रराज खड्काले जानकारी दिनुभयो ।

महिला बेचविखनको घटनाका आरोपितलाई पुर्पक्षका लागि थुनामा ।।

चैत्र ६,ओखलढुंगा
महिला बेचविखनको घटनाका आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतल ओखलढुंगाले आदेश दिएको छ । आरोपित च्यानम गाविस–५ की विष्णुमाया नेपाली र टारकेराबासी गाविसका रामजी भनिने धनबहादुर विकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । नेपाली र विकविरुद्ध च्यानम गाविसकी एक महिलालाई फकाएर विवाह गराई बेच्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले फागुन १३ गते मानव बेचविखन मुद्धा दर्ता गरेको थियो । नक्कली बेहुलो बनी विवाह गरेर लैजाने उक्त मुद्धाका मख्य आरोपित टारकेराबारी गाविसका बेदबहादुर विक भने फरार रहेका छन् । पीडित महिलाले जिल्ला प्रहरी कार्यालयलमा झुक्याएर बेच्न खोज्ने दलाललाई कारवाही गर्न माग गर्दै दर्ता गरेको उजुरीपछि प्रहरीले आरोपिहरुलाई फागुन ८ गते उजुरी गरेकोमा ९ गते गिरफ्तार गरेको थियो । आरोपितहरुले माघ ८ गते राती १२ बजे नक्कली दुलहालाई जिम्मा लगाएर काठमाडौँ पठाएका थिए ।

पाँच दिने बाख्रा पालन तालिम गुम्देलमा सम्पन्न ।

चैत्र ६,रामेछाप
ग्रामिण इलाकाका कम आय भएका नागरिकहरुको आर्थिक वृद्धिदरलाई लक्षित गर्दै महिला विकास कार्यालय मन्थली, रामेछापले आयोजना गरेको पाँच दिने बाख्रा पालन तालिम रामेछापको उत्तरी गाविस गुम्देलमा सम्पन्न भएको छ । शिव पार्वती महिला विकास गुम्देल–४ का २० जना सदस्यहरुको सहभागिता रहेको उक्त तालिममा पशु चिकित्सक पदम जिरेलले प्रशिक्षण दिइएका थिए । तालिममा महिला विकास कार्यालय मन्थली रामेछापका कर्मचारी आशा सुनुवार र उषा कार्कीको पनि सहभागिता रहेको थियो । परम्परागत तरिकाले भन्दा आधुनिक तरिकाले बाख्रापालन गर्र्दा बढी आम्दानी हुने र आर्थिक वृद्धिदर बढी हुने हुँदा तालिम प्रभावकारी भएको तालिममा सहभागी शिव पार्वती महिला विकासकी सचिब उर्मिला कार्कीले बताइन

रामेछापको कुसेश्वर उमाबि परिक्षा केन्द्र बेथानमा अमर्यादित ढङबाट परिक्षा सञ्चालन ।।

चैत्र ५,रामेछाप
रामेछाप जिल्लाको परिक्षा केन्द्रहरुमा आज एस एल सि परिक्षा शान्तीपुर्ण रुपमा सुचारु भएपनि बेथान गाबिसको कुसेश्वर उमाबि परिक्षा केन्द्रमा भने अमर्यादित ढङबाट परिक्षा सुचारु भएको पाईएको छ । परिक्षार्थीहरुलाई मानसिक तनाब दिई डर र त्रास देखाएर परिक्षा सञ्चालन गरिएको पाइएको हो । त्यस्तै आफ्ना चिनजानको परिक्षार्थीहरु लाई चिट चोराउने तथा अन्य बिद्यार्थीहरुलाई भने डर र धम्की देखाईएको पिडित बिद्याथीहरुले गुनासो गरेका छन । समान्यतया प्रथमिक तह सम्म अध्यापन गराउने सिक्षकलाई मात्र गार्ड राख्नु पर्ने ब्यवस्था भएपनि उच्च माध्यमिक तहसम्म पढाउने शिक्षकलाई गार्ड राखएिको र सो बिषय बारे केन्द्राध्यक्ष डम्बर कार्किसँग बुझ्दा परिक्षा मर्यादीत बनाउनु यसो गरिएको जवाफ दिनु भएको पत्रकार राजेश भण्डारि ले जनाकारि दिनुभयो । रामेछाप जिल्लाका ७ वटा बिद्यालयबाट करिब ३०० जना परिक्षार्थीहरुले सो परिक्षा केन्द्रबाट परिक्षा दिएका हुन ।

रामेछापको मभुवामा जथाभावि मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै स्थानीय महिलाहरुद्धारा ३ जना पुरुष कारबाहीमा ।।

चैत्र ३,रामेछाप
तपाई मादक पदार्थ सेवन गर्दै हुनुहुन्छ भने ख्याल गर्नहोस ,महिलाहरुको कारबाहीमा पर्नु होला । घटना रामेछापको मझुवा गाविसको हो । जथाभावि मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै स्थानीय महिलाहरुले ३ जना पुरुषलाई कारबाही गरेका छन । ती पुरुषहरुले मझुवा–७ को रायगाउँ देखि खाँडादेवी मन्दिरसम्म बाटो सफाई गर्नु पर्ने सजाए पाएका छन । मझुवा गाविस ७ का फत्तबहादुर बोहोरा, अर्जुन बोहोरा र ध्रुर्व बोहोराले मदिरा सेवन गरी होहल्ला गरेपछि आमा समूहले मदिरा सेवन गरिरहेकै स्थानबाट पक्राउ गरि इलाका प्रहरी कार्यालय चोप्राङमा बुझाएका थिए । त्यस पछि आज विहान विहान प्रहरी चौकिमा खाँडादेवी स्वास्थ्य आमा समुहकी अध्यक्ष संगिता तामाङको नेतृत्वमा गएको महिलाहरुको समुहले उनीहरुलाई कारबाही गर्नु पर्ने अडान राखेका थिए । प्रहरीमा महिलाहरु मात्र हैन गाउँका पुरुषहरु पनि जम्मा भएका थिए । भेलामा महिलाहरुले ५ हजार रुपैयाँसम्म जरिवाना वा सामाजिक कारबाही गर्ने निर्णय भएको छ । त्यस पछि उनीहरुलाई सामाजिक कारबाही स्वरुप रायगाउँदेखि खाँडादेवी मन्दीरसम्मको बाटो सफा गर्ने सजाय सुनाईएको छ । घरको काम पनि नगर्ने, रक्सि खाएर हल्ला गर्ने, अझ घरमा गएर श्रिमती र छोराछोरीलाई नै कुटपीट गर्ने त्यस्ता पुरुषलाई कारबाही नरेर भयो त ? अध्यक्ष संगिता तामाङले भन्नुभयो । पहिलो पटक भएकोले उनीहरुलाई थोरै सजाय भयो । अब हामी रक्सि खाने र रक्सि बनाउने दुवैलाई छाड्दैनौँ– उहाले प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । महिलाहरुको यो कार्यमा अन्य गाउँलेले पनि सहयोग गरेको स्थानीय शिक्षक मनोज बुढाथोकी ले बताउनु भयो । गाउँमा मदिरा सेवन गर्ने,तास खेलेर अल्मलिने कार्यबढ्दै गएको छ । यसले गाउँको बातारवणलाई नै खल्बल्याएको छ । महिलाको यो कार्यमा हामी पनि सकेसम्म सघाउँछौँ– बुढाथोकीले भन्नुभयो ।

मजदुर र सिंगटीवासीको हड्तालका कारण माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम ठप्प ।।

चैत्र ३,दोलखा
शेयर वितरण प्रक्रिया थालनीपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मजदुर र सिंगटीवासीको हड्तालका कारण पाँच दिनदेखि आयोजनाको काम ठप्प रहेको छ ।४ सय ५६ मेगावाट क्षमताको आयोजनामा कार्यरत मजदुरहरुले ५ सय कित्ता र सिंगटीबासीले विशेष शेयरको माग दावी गर्दै शुुक्रबारदेखि काम बन्द गरी हड्तालमा उत्रिएका छन् ।सबै पक्षले जस्तै शेयर पाउनुपर्ने मागसहित नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियनले आयोजनाको काम ५ दिनदेखि ठप्प पारेका हुन् ।हड्तालमा गोंगरस्थित भूमिगत पावर हाउसमा काम गर्ने सिनो हाइड्रो ब्युरो ६ का २ सय ५० जना सामेल छन् ।त्यस्तै, लामाबगरस्थित पेनस्टक, ड्याम र सुरुङ मार्गमा काम गर्ने सिनो हाइड्रो ब्युरो ११ मा कार्यरत करिब ६ सय मजदुर काम छाडेर हड्तालमा छन् ।उनीहरूले आयोजना र आयोजनाका सामान बोकेका ढुवानीका साधन चल्न दिएका छैनन् ।

रामेछापमा तिन दिने आँखा शिबिर सञ्चालन ।।

चैत ३,रामेछाप
रामेछाप जिल्लाको रामेछाप नगरपालीका ५ रामेछापमा ३ दिने निशुल्क आखाँ शिबिर सञ्चालन भएको छ । लाईनस क्लब काठमाण्डौ रामेछाप , लाईन्स क्लब अफ काठमाण्डौ पल सिटि र लाईन्स क्लब अफ काठमाण्डौ मन्थलीको आयोजनामा शिबिर सञ्चालन भएको हो । सारथि युवा क्लब रामेछाप ,रामेछाप बजार ब्यवस्थापन समिती,नगरपालीकाको कार्यलय र जिल्ला स्वाथ्य कार्यलय रामेछापको भने सह आयोजना रहेको छ । शिबिरमा आखाँ सम्बन्धि सम्पुर्ण जाँच गर्नुका साथै मोतियाबिन्धुको छनोट पनि गरिएको छ । नेपाल आँखा अस्पताल काठमाण्डौका बरिष्ठ नेत्र रोग बिशेषज्ञ डा पुजा कार्की लगाएतका टोलीले आँखाका बिरामीहरुलाई सेवा दिईरहेका छन् । शिबिर पर्सि सम्म सञ्चालन हुनेछ ।

जिल्लामा एसएलसी परिक्षाको सम्पुर्ण तयारी पुरा ।।

पर्सि चैत्र ५ देखि सञ्चालन हुने एसएलसी परिक्षाको सम्पुर्ण तयारी जिल्लामा पुरा भएकोे जिल्ला शिक्षा कार्यलय रामेछापले जनाएको छ । ६हजार ८ सय ६७ जना परिक्षार्थि परिक्षामा सहभागी हुने जिल्लामा २० ओटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । हरेक केन्द्रमा एकजना केन्द्राध्यक्ष रहने छन् । ३ सय ५० जना भन्दा बढि परिक्षार्थि भएको केन्द्रमा २–२ जना सहायक केन्द्राध्यक्ष खटाईने प्रमुख जिल्ला अधिकारी खुबिराम अधिकारीले जनकारी दिनु भयो । परिक्षा केन्द्रको सुरक्षाका लागी ३ सया जना सुरक्षाकर्मी परिचालन गरीने उहाँले बताउनु भयो । एउटा केन्द्रमा १५ जना सुरक्षकर्मी रहनेछन् । गत बर्ष १० जना सुरक्षाकर्मी खटाईएको थियो ।