तिन दिने आँखा शिबिर सञ्चालन ।।

रामेछाप जिल्लाको रामेछाप नगरपालीका ५ रामेछापमा ३ दिने निशुल्क आखाँ शिबिर सञ्चालन भएको छ । लाईनस क्लब काठमाण्डौ रामेछाप , लाईन्स क्लब अफ काठमाण्डौ पल सिटि र लाईन्स क्लब अफ काठमाण्डौ मन्थलीको आयोजनामा शिबिर सञ्चालन भएको हो । सारथि युवा क्लब रामेछाप ,रामेछाप बजार ब्यवस्थापन समिती,नगरपालीकाको कार्यलय र जिल्ला स्वाथ्य कार्यलय रामेछापको भने सह आयोजना रहेको छ । शिबिरमा आखाँ सम्बन्धि सम्पुर्ण जाँच गर्नुका साथै मोतियाबिन्धुको छनोट पनि गरिएको छ । नेपाल आँखा अस्पताल काठमाण्डौका बरिष्ठ नेत्र रोग बिशेषज्ञ डा पुजा कार्की लगाएतका टोलीले आँखाका बिरामीहरुलाई सेवा दिईरहेका छन् । शिबिर चैत्र पाच गते सम्म सञ्चालन हुनेछ ।

२ दिने स्वास्थ्य सिबिरमा ५ सय ३८ जना लाभान्बित ।।

मन्थली पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टरको आयोजना तथा एभरेष्ट अस्पताल काठमाण्डौको सहआयोजनामा सञ्चालीत २ दिने स्वास्थ्य सिबिरमा ५ सय ३८ जनाले सेवा लीएका छन् । सदरमुमाम मन्थलीको दिलश्री मेडिकल हलमा सञ्चालीत स्वास्थ्य सिबिरमा हाडजोर्नी तथा मुटु रोग , श्वास प्रश्वास सम्बन्धि रोगको निशुल्क परिक्षण तथा उपचार गरिएको थियो । फाल्गुन २९ र ३० गते सञ्चालन गरिएको शिबिरमा ईसिजि र एक्सरे सेवामा ५० प्रतिशत छुटमा सेवा उपलब्ध गराएको थियो ।

आगोलागी पिडितलाई उद्योग बाणिज्य संघले सहयोग रमक उठायो ।।

चैत्र २,रामेछाप
रामेछाप जिल्लाको साघुटार गाबिसमा एक साता अघि लागेको आगोलागी पिडित परिवारलाई उद्योग बाणिज्य संघ रामेछापले सहयोग रमक उठाएको छ । सदरमुकाम मन्थलीबजारका ब्यवसाहीहरुबाट ८८ हजार ७ सय ३७ रुपौया सहयोग रकम संकलन गरेकोे सस्थाका महासचिब जगन्नाथ दाहालले जानकारी दिनु भयो । आगोलागी पिडित परिवारको क्षेति हेरी संकलन रकम बाढिने संस्थाका कार्यकारी अधिकृत नबिन केसिले बताउनु भयो । आगोलागीमा परि १ जानाको मृत्यु भएको थियो भने ३ घर जलेर नस्ट भएको थियो ।

रामेछापमा एक महिनामा एक लाख सय ६८ हजार ७ सय राजश्व संकलन ।।

चैत्र १,रामेछाप
रामेछापमा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी माथि कारवाही गरेको छ । सो कार्वाहिमा छतमा यात्रु र लगेज राख्ने क्रममा १२ सवारी बाट ७ हजार ५सय ,ओभरलोड गरी यात्रा गर्दा १२ सवारी बाट ६ हजार ५ सय र मापसे चेक ४ बाट ४ हजार गरी सो राजश्व संकलन गरेको हो ।भने ४ सय ९४ सवारी बाट नियम विपरित सवारी चलाउनेलाई जरीवाना तथा कारवाहीबाट जम्मा १ लाख,६८ हजार ७ सय राजश्व समेत संकलन भएको छ । भने उक्त महिनामा २ दुर्घटनामा १ गम्भिर घाईते , एकको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय मन्थलीका प्रहरी जवन माधव पोख्रेले जानकारी दिनु भयो ।

ठाडो खोलाको कज्वे पुल निमार्ण कार्य जेष्ठ महिना भित्र सम्पन्न हुने ।।

चैत्र १, रामेछाप
रामेछापको रस्नालुमा पर्ने तिन वटा ठाडो खोलाको कज्वे पुल निमार्ण कार्य जेष्ठ महिना भित्र सम्पन्न हुने भएको छ । रस्नालु, छहरे, र दार्खा खोला को लागी निमार्ण सामाग्री संकलन गरी हाल फाउन्डेशनको काम भइरहेको छ ।अठासी लाखको लागतमा दार्खा खोला र छहरे खोलाको काम गर्ने जिम्मा पाएको लोहनी एण्ड ब्रदर्स प्रा।ली।का प्रबन्ध निर्देशक खोपनिदी लोहनीले बताउनु भयो । कज्वे पुल स्विस सरकारको लगानीमा निमार्ण हुन लागेको हो । बिगत बर्षमा बर्षाको कारण सडक तथा यातायात अबरुद्घ हुदै आएपनी यो बर्ष उक्त समस्या बाट मुक्त हुने भएको छ ।

एक सय ८९ जना बिद्यार्थी परीक्षा एसएलसी दिनबाट वञ्चित ।।

चैत्र १, रामेछाप
यसबर्ष हुने एसएलसी परिक्षामा रामेछाप जिल्लाबाट एक सय ८९ जना बिद्यार्थी परीक्षा दिनबाट बंचित भएका छन् । बिद्यालय शिक्षा नियमावली अनुसार अनुपस्थित भएकाले परिक्षा दिनबाट बञ्चित गरिएको जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारीले जनकारी दिनु भयो । शिक्षा नियमावली अनुसार बिद्यार्थीहरुको बिद्यालयमा ७५ प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ । शिक्षा बिभागले ३ बर्ष अघि सेन्टप परीक्षा खारेज गर्दै बिद्यालयमा ७५ प्रतिशत हाजिर हुने बिद्यार्थिलाई अनिवार्य पास गर्नुपर्ने प्रावधान बनाएको थियो । आउदो बिहिबारबाट सञ्चालन हुने परिक्षामा रामेछापबाट ६ हजार ८ सय ६७ जना परिक्षर्थि सहभागी हुने जिल्ला शिक्षा कार्यलय रामेछापले जनाएको छ । परिक्षा सञ्चालनको लागी रामेछापमा यसबर्ष पनि २० औटै केन्द्र निर्धारण गरिएको छ ।

साघुटार बजारमा आगोगाली हुदा १ जनाको मृत्यु १ गम्भिर ।।

फागुन २७,रामेछाप
रामेछापको साघुटार बजारमा हिजो साँझ आगोगाली हुदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा सिन्धुलीको पोखरी ७ घर भएका पुस्पलाल नेपाली रहेका छन् । स्थानिय हरी बाहादुर श्रेष्ठको घरमा अचानक आगोलागी हुदाँ श्रेष्ठ सहितका अन्य २ घर जलेर नष्ट भएका छन् । आगोलागीमा परि गम्भिर घाईते भएका सिन्धुलीकै पोखरी ८ धनबिर बिकको गए रातिनै काठमाण्डौँ पठाईएको प्रहरीले जनाएको छ । राति साडे ९ तिर लागेको आगो स्थानिय र प्रहरीको सक्रियतामा रातको साडे बाह्र बजे नियन्त्रणमा आएको प्रहरी ईस्पेक्टर कर्ण बाहादुर राणले जानकारी दिनु भयो । आगोलागीमा करिब १ करोड बराबरको क्षेति भएको प्रहरीको अनुमान छ ।

कालोपत्रको लागी रामेछाप बिमनस्थल बन्द ।।

फागुन २७,रामेछाप
कालोपत्रे गर्ने कामका लागि मंगलबार देखि रामेछाप विमानस्थलमा उडान र अवतरण गर्न प्रतिवन्ध लगाईएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले उक्त प्रतिवन्ध लगाएको हो । रामेछाप नागरिक उडड्यन कार्यालयका प्रमुख केदार सत्यालका अनुसार प्राधिकरणले आउदो जेठ महिना सम्मका लागि उडान र अवतरण रोकेको हो । कालोपत्रेका लागि विमानस्थल सम्याउने काम सकेर गएको असोजमा उडान र अवतरणका लागि खुल्ला गरीएको थियो । हाल उक्त काममा वेस राख्ने र कालोपत्रे गर्ने काम अघि बढाईने योजना अघि सारीएको छ । ३ महिनामा कालोपत्रेको काम सक्ने लक्ष्य लिईएको छ ।

फागुनको अन्तिममा परेको पानीले मन्थलीमा गर्मि बढायो ।।

फागुन २६,रामेछाप
फागुनको अन्तिममा परेको पानी उघ्रिएपछि रामेछापको सदरमुकाम मन्थलीमा गर्मी बढेको छ । मौशम परिवर्तनसँगै मन्थली र आसपासका स्थानीयलाई सजक रहन स्वास्थकर्मीहरुले सुझाव दिएका छन् । मौशम परिवर्तनको बेला देखिने रोगहरु रुघा, खोकी ज्वरो तथा गर्मीमा हुने झाडा, पखाला, पेट तथा आँखासम्वन्धि रोगबाट जोगिनका लािग सतर्क रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । यस्तो समयमा जथाभावि फोहोर पानी नखान तर पर्याप्त पानी खानको लागि आग्रह गरेका छन् । सम्भव भएसम्म राम्रोसँग तताएको पानी खान तथा फिल्टर गरिएको वा निर्मलिकरण गरिएको पानी मात्र खान चिकित्सकहरुले आग्रह गरेका छन् । साथै फोहोर, सडेगलेका, झिँगा भन्किएका तथा बजारमा धुलोमा राखिएका खानेकुराहरु जथाभावि नखान पनि चिकित्सकहरुले सुझाव दिएका छन् । गर्मि बढेसँगै देखापर्ने लामखुट्टेबाट जोगिन र केटाकेटीहरुलाई जोगाउन पनि उनीहरुले सुझाव दिएका छन् । यसको लागि राति झुल हालेर मात्र सुत्न तथा साँझको बेलामा बाहिर खुल्ला ठाउँमा नवस्न चिकित्सकहरुको सुझाव रहेको छ ।

रामेछापमा बाँसका हस्तकलाका सामानको उत्पादन सुरु ।।

फागुन २५,रामेछाप
रामेछाप जिल्लामा बाँसको हस्तकलाका सामानहरुको व्यवसायीक उत्पादन सुरु भएको छ । शिवभक्ति बाँस उद्योगले ती सामानको उत्पादन सुरु गरेको हो । मन्थलीमा आइतबार एक कार्यक्रमको अयोजना गरी यो उद्योगको विधिवत उद्घाटन गरिएको छ । महिला उद्यमी हिरामायाँ शिवक्तिले उद्योग सुरु गर्नु भएको हो । उद्योगको महिला तथा बालाबालिका कार्यालय रामेछापकी प्रमुख सुशिला वाग्लेले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भयो । श्रमिक महिला दिवसकै दिन महिलाले सुरु गरेको उद्यमले विशेष महत्व राख्ने उहाँले बताउनु भयो । सो उद्योगले बाँसका मुढा, फ्रेम, टेवल, ऐनाको फ्रेम, श्रृङ्गारकेस तथा कोठा सजावटका विभिन्न सामाग्रिहरु उत्पान गर्ने शिवभक्तिले जानकारी दिनु भयो । हातैले बनाईने सामान भएकोले केही महँगो हुने भए पनि गुणस्तरीय सामान उत्पादन हुने उहाँले बताउनु भयो ।